अर्थशास्त्री प्रा. डा. बिष्णु पौडेलको भर्जिनियामा निधन « Khabarhub

अर्थशास्त्री प्रा. डा. बिष्णु पौडेलको भर्जिनियामा निधन


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- अमेरिकाको भर्जिनियामा अर्थशास्त्री प्रा डा विष्णु पौडेलको ८९ वर्षको उमेरमा निधन भएको छ ।

बुधबार उनको निधन भएको हो । दुई छोरी र एक छोराका पिता पौडेल श्रीमति डाक्टर प्रमिला पौडेलका साथमा भर्जिनियामा बस्दै आएका थिए ।

घरमै बसिरहेको अवस्थामा अचेत भएपछि तत्काल फेयरफ्याक्स अस्पताल पुर्‍याउँदा त्यहाँ उनलाई  मृत घोषणा गरिएको थियो ।

झण्डै ५० बर्ष भन्दा अगाडि अमेरिका पुगेका पौडेल अमेरिकाका डेमोक्रेटिक उच्च पदस्थ राजनीतिज्ञहरुमाझ समेत प्रभावशाली थिए ।

उनले नेपालका लागि अमेरिकी राजदूत बनाउनका लागि डेमोक्रेटिक पार्टीका नेताहरुले तीन पटकसम्म सिफारिस गरेका थिए ।

नेपाली, हिन्दी, अँग्रेजी र संस्कृत भाषामा समेत उच्च दख्खल राख्ने पौडेलले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा पीएचडी गरेका थिए ।

उनको निधनले अमेरिकाको नेपाली डायस्पोरामा अपुरणीय क्षति पुगेको सामाजिक व्यक्तित्व इक्वालिटी फाउण्डेशनका सीईओ तथा एएनएका वर्तमान अध्यक्ष मेदिनी अधिकारीले बताए ।

 

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  ९ : ०९ बजे

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा