कोरोना संक्रमित गर्भवति नर्सको मृत्यु, शल्यक्रियाबाट निकालिएको बच्चा सकुशल « Khabarhub

कोरोना संक्रमित गर्भवति नर्सको मृत्यु, शल्यक्रियाबाट निकालिएको बच्चा सकुशल


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बेलायतमा कोरोना भाइरसको संक्रमणबाट एक गर्भवती नर्सको निधन भयो । लगत्तै आपकालीन शल्यक्रिया गरी उनको गर्भमा रहेकी छोरी भने जीवितै जन्माउन अस्पतालका डाक्टर सफल भएका छन् ।

विगत पाँच वर्षदेखि नर्सका रुपमा कार्यरत २८ वर्षकी नर्स मेरी अगियइवा अग्यापोङ्गको गएको आइतबार लुटन एण्ड डनस्टेबल युनिभर्सिटी हस्पिटलमा निधन भएको हो । उनी सोही अस्पतालमा विगत पाँच वर्षदेखि नर्सका रुपमा कार्यरत थिइन् ।

उनलाई अप्रिल ७ मा अस्पताल भनाई गरिएको थियो । त्यसको दुई दिनअघि उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । आइतबार उनको निधन भए लगत्तै आकश्मिक शल्यक्रिया गरी पेटमा रहेको बच्चा शकुशल निकाल्न डाक्टर सफल भएका हुन् ।

नवजात शिशुको अवस्था अहिले सामान्य रहेको अस्पतालले जनाएको छ । तर शिशुमा कोरोना भाइरसको संक्रमण भए–नभएको केही खुलाइएको छैन ।

मेरीका श्रीमानलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएकाले उनी हाल सेल्फ आइसोलेशनमा छन्।

मेरीका सहकर्मीले उनको परिवारको सहयोगका लागि सहयोग संकलन अभियान थालेका छन् । बुधबार बिहान सुरु भएको अभियानमा झण्डै पाँच हजार पाउण्ड जम्मा भइसकेको छ ।

नवजात शिशुको नाम उनकै आमाको नाम राखिएको छ । मेरीकी छोरी मेरी हाल राम्रो अवस्था रहेको अस्पतालले उल्लेख गरेको छ ।

नर्स मेरीले मार्च १२ सम्म काम गरेकी थिइन् । त्यसपछि सुत्केरी हुने समय नजिकिएकाले बिदा लिएकी थिइन् । तर बच्चा जन्माउन नपाउँदै उनलाई कोरोनाको संक्रमण भएको हो ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  १० : २९ बजे

मङ्सिर २१ भित्र योजना छनोट गरेर पठाउन प्रदेश सरकार निर्देशन

सुर्खेत– कर्णाली प्रदेश सरकारले मङ्सिर २१ गतेभित्र आगामी आर्थिक वर्ष

देशभर हर्षोल्लासका साथ उँधौली पर्व मनाइँदै

काठमाडौं– मङ्सिर पूर्णिमाका अवसरमा पितृको मान र प्रकृतिको सम्मानमा किराँत

भारत–रुस सम्बन्धमा अमेरिकी दबाब

एजेन्सी– रुस र भारतले दशकौँदेखि एकअर्कालाई ‘समय–परीक्षित’ मित्रका रूपमा व्याख्या

के महिनावारी हुनु पाप हो ? 

काठमाडौं– केही महिला अधिकारकर्मी, सिने कलाकारले पनि ‘महिनावारी रगत दूषित

महाधिवेशन तालिकासँगै कांग्रेसमा जोड-घटाउ सुरू, खड्कालाई सभापतिमा सघाउने देउवाको वचन

काठमाडौं– नेपाली कांग्रेसले आगामी पुस २६,२७ र २८ गते काठमाडौँमा