र्‍यापिड टेस्ट गर्दा काठमाडौंकी एक महिलामा एन्टिबडी पोजेटिभ « Khabarhub

र्‍यापिड टेस्ट गर्दा काठमाडौंकी एक महिलामा एन्टिबडी पोजेटिभ


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत चैत पहिलो हप्ता इटालीबाट नेपाल आएकी काठमाडौंकी एक महिलामा र्‍यापिड टेस्टको क्रममा कोरोना संक्रमणको संकेत (एन्टिबडी) पोजेटिभ देखिएको छ ।

काठमाडौंको बुढानीलकण्ठ ९ मा बस्दै आएकी महिलामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी)कका क्रममा कोरोना संक्रमणको संकेत (एन्डिबडी) पोजेटिभ देखिएको हो ।

आरडीटी टेस्टका क्रममा एन्टिबडी पोजेटिभ देखिए पछि उनको थ्रोट स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको बुढानीलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेलले जानकारी दिए ।

मेयर खरेलका अनुसार इटालीबाट आएकी ती महिला होम क्वारेन्टाइनमा बस्दै आएकी छन् ।

मेयर खरेलले पीसीआर परीक्षणको रिपोर्ट आएपछि मात्रै महिलालाई आइसोलेसनमा भर्ना गर्ने वा घरमै राख्ने भन्ने निर्णय हुने जानकारी दिए ।

यसअघि काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका ३ जनामा र्‍यापिड टेस्टका क्रममा कोरोना संक्रमणको संकेत देखिएको थियो । तर, पीसीआर परीक्षणका क्रममा २ जना मात्रै कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  ११ : ३२ बजे

पर्यटन प्रवर्द्धनमा गोरखा र लमजुङका पालिकाको पहल

गोरखा– गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट

चौतर्फी विरोधपछि सरकारले फिर्ता लियो वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय

काठमाडौं– वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि गर्ने निर्णय

भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ– बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको

परम्परा र संस्कृति बिर्सनु हुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन

सुनको मूल्यमा उतारचढाव, दुई लाख ६० हजार नजिक

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर