लकडाउनको समयमा वन तस्करी, ८ जना शिकारी पक्राउ | Khabarhub Khabarhub

लकडाउनको समयमा वन तस्करी, ८ जना शिकारी पक्राउ


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – लकडाउनको बेला वन तस्करीमा संलग्न विरुद्ध वन कार्यालयहरुले प्रदेश २ मा विशेष अभियान चलाएको छ ।

यसैक्रममा बाराको चैतापुर वनबाट अबेरराती ८ जना शिकारीलाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेहरुबाटबाट भाला ३, बन्चरो १, टर्चलाइट १,जाल १ बरामद गरिएको जिल्ला वन कार्यालयका अधिकृत मनजुर अहमदले वताए ।

पक्राउ पर्नेमा २३ वर्षय शिवनारायण माझी, २५ वर्षिय रमेश माझी, ३० वर्षिय भजेन्द्र साह, ३२ वर्षिय यादव घिमिरे २२ वर्षिय दिपक भण्डारी, ३२ वर्षिय परमेश माझी, २९ वर्षय बमभोली सहनी, ३८ वर्षिय नारायण चौधरी रहेका छन ।

पक्राउ परेका सबै वाराको जितपुर सिमरा १७ का रहेका छन् ।

वनका गस्ती टोली त्यहाँ पुगेपछि एकजना फरार भएका थिए । यसअघि रौतहटमा दूईतर्फी फायरिङ भएको थियो ।

प्रदेश २ का उद्योग, वन, पर्यटन महानिर्देशनालयका अधिकृत सुरेश शर्माका अनुसार प्रत्येक जिल्लामा वनतस्कर विरुद्ध विशेष अभियान चलाइएको छ ।

प्रत्येक दिन अहिले वनमा गस्ती टोली जाने गरेको उनले बताए । लकडाउनको समयमा तस्करहरुले फाइदा लिन खोजेको उनले बताए ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  १ : १० बजे

रास्वपाका मिलनको जमानत जफत, कटाउन सकेनन् १० प्रतिशत मत

इलाम – इलाम २ को शनिबार भएको उपनिर्वाचनमा नेकपा (एमाले)

इलाममा सुहाङ नेम्वाङ विजयी

काठमाडौं- इलाम क्षेत्र नम्बर- २ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्वाङ

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार