केही जोकरका कारण कोरोना भाइरस फैलिइरहेको छ: सलमान खान « Khabarhub

केही जोकरका कारण कोरोना भाइरस फैलिइरहेको छ: सलमान खान


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतमा कोरोना भाइरसको महामारी फैलिरहेको छ । सरकारले गरेको लकडाउनका कारण भाइरस फैलिनमा केही मत्थर भए पनि मजदुरहरु क्वारेन्टाइनबाट भाग्ने र सडकमा भेला हुने गरिरहेका छन् ।

भारतमा केही दिनअघि केही व्यक्तिले कोरोना जाँच गर्न आएका डाक्टरमाथि नै हमला गरेका थिए । यो घटना सार्वजनिक भएपछि धेरै‌ले विरोध गरेका थिए ।  बलिउड अभिनेता सलमान खानले पनि डाक्टरमाथि हातपात गर्नेप्रति आक्रोश व्यक्त गरेका छन् । उनले केही जोकरका कारण भारतमा कोरोना फैलिएको समेत टिप्पणी गरेका छन् ।

सलमानले हालै एक भिडियो सार्वजनिक गर्दै लकडाउनको अवज्ञा गर्नेमाथि खनिएका हुन् । डाक्टरमाथि केही व्यक्तिले हमला गरेको विषयमा सलमान खान दुःखी पनि देखिएका छन् । उनले सबैलाई सरकारको सल्लाह मानेर सावधानी अपनाउन आग्रह गरेका छन् ।

उनले भनका छन् – यदि कसैलाई नमाज पढ्नु छ भने घरमै पढ्नुस्, पूजा गर्नु छ भने पनि घरमै गर्नुस् ।

सलमानले सरकारको समर्थन गर्दै शेयर गरेको यो भिडियोलाई सामाजिक सञ्जालमा भाइरल बनाइएको छ । साथै उनले कोरोनाबाट जोगिनका लागि घरमै रहन सबैलाई अनुरोध गरेका छन् ।

सलमानले कोरोनासँगको लडाइँका लागि मजदूरलाई आर्थिक सहयोग पनि गरिरहेका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  २ : ४१ बजे

बालेनलाई बधाई दिँदै ओलीले भने : पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

कर्णाली– सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली

अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

नारायणगढ– जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा

बारा-१ मा रास्वपाका धिमाल विजयी

बारा (कलैया)- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बारा निर्वाचन क्षेत्र नं १

ढोरपाटनमा दादुरा फैलिएपछि विद्यालय बन्द

गलकोट- बागलुङको विकट गाउँ ढोरपाटनमा दादुरा सङ्क्रमण फैलिएपछि पालिकाभरका विद्यालय