ललितपुरको गोदावरीमा सुत्केरीलाई गुँदपाक वितरण | Khabarhub Khabarhub

ललितपुरको गोदावरीमा सुत्केरीलाई गुँदपाक वितरण


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– गोदावरी नगरपालिकाले सुत्केरी मसला स्वरुप गुँदपाक वितरण गरेको छ । कोभिड–१९ का कारण हाल मुलुक बन्दाबन्दी परेका बेला सुत्केरीलाई तागत पुर्‍याउन नगरपालिकाले गुँदपाक वितरण गरेको हो ।

गोदावरीमा प्रतिसुत्केरी आधा किलो गुँदपाकसहित अन्य राहत सामग्री पनि वितरण गरिएको नगरपालिका उपप्रमुख मुना अधिकारीले बताइन् । उनले भनिन्, ‘हामीले बच्चा पाएर छ महिनामा हिँडिरहेका महिलालाई समेत सुत्केरी मसलाका रुपमा गुँदपाक वितरण गरिरहेका छौं ।’ बन्दाबन्दीका बेला दूधेबालकको आमाका शरीरमा तागत चाहिन्छ भनेर यस कामलाई अघि बढाइएको अधिकारीले जानकारी दिइन् ।

नगरपालिकाबाट ५५३ महिलाले सुत्केरी मसलाका रुपमा गुँदपाक लिइसकेको प्रवक्ता मिलन सिलवालले बताए । उनले भने, ‘हामीले तीन किसिमको नियम बनाएर नगरपालिकामा अतिविपन्न, मजदूर, अपाङ्गता भएका र अशक्त आदिलाई राहत वितरण गरिरहेका छौँ । गोदावरीका सुत्केरी महिलालाई समेत छुट्टै एक भाग राहत वितरण गरियो ।’

गोदावरीले दुई जनाको परिवार, दुईभन्दा माथिको परिवार र चार जनामाथिको परिवारलाई प्रतिपरिवार क्रमशः पाँच, १० र १५ किलो चामल, आधा, एक र डेढ लिटर तेल र चिउरा, एकएक पोका नुन तथा दुईदुई साबुन वितरण गरिरहेको सिलवालले बताए । गोदावरीमा करीब दश हजार व्यक्ति तथा परिवारलाई राहत वितरण गरिने बताइएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  २ : २९ बजे

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली

भाजपाको निमन्त्रणामा नेपाली नेताहरुको दिल्ली यात्रा

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेपालका पाँच दलका पाँच

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन