भारतका ६ वटा शहर रेड जोनमा « Khabarhub

भारतका ६ वटा शहर रेड जोनमा


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- भारतको राजधानी नयाँ दिल्ली र आर्थिक राजधानी मुम्बईसहित भारतको प्रमुख ६ शहर कोरोनाभाइरस संक्रमणको ‘रेड जोन’मा परेको छ ।

भारत सरकारले मंगलबार जारी गरेको निर्देशिकामा संक्रमणको तहको आधारमा छ वटै शहरलाई ‘रेड जोन’मा राखिएको हो ।

‘रेड जोन’ले संक्रमणको सबैभन्दा बढी जोखिममा रहेको क्षेत्र देखाउँछ । केही मात्रै संक्रमित रहेको क्षेत्रलाई ‘ओरेन्ज जोन’ र संक्रमण नदेखिएको क्षेत्रलाई भने ‘ग्रीन जोन’मा विभाजन गरिएको छ । ‘ग्रीन जोन’मा भने कुनै शहर छैन् ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार देशका १७० जिल्लालाई ‘रेड जोन’मा विभाजन गरिएको छ । २०७ जिल्ला उच्च निगरानीमा छन् । दिल्ली र मुम्बई बाहेक चेन्नई, बैंग्लोर, कलकत्ता र हैदराबादलाई ‘रेड जोन’मा राखिएको छ । यी शहरस्थित प्रमुख औद्योगिक उत्पादन क्षेत्र समेत ‘रेड जोन’मा राखिएको हो ।

संघीय सरकारले राज्यलाई एक साताभित्र यी क्षेत्रमा युद्धस्तरमा कोरोनाभाइरस संक्रमणको परीक्षण सुरु गर्न निर्दे्शिका जारी गरेको छ । निर्दे्शिकामा छिटोभन्दा छिटो संक्रमण न्यूनिकरण गर्न उपाय अपनाउँदै ‘रेड जोन’लाई ‘ओरेन्ज’हुँदै संक्रमण मुक्त बनाउन उपायहरु सुझाइएको छ ।

२८ दिनसम्म नयाँ संक्रमित नथपिएको अवस्थामा ‘ओरेन्ज जोन’मा परिण गरिनेछ । १४ दिनसम्म कुनै नयाँ संक्रमित फेला नपरेको अवस्थामा ‘ओरेन्ज जोन’लाई संक्रमण मुक्त घोषणा गरिने बताइएको हो ।

राज्य सरकारले यसअघि नै भारी संख्यामा परीक्षण सञ्चालन गर्ने प्रकृया अबलम्बन गरिसकेको छ । विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्ड बमोजिम एकैपटक भारी संख्यामा स्वाब संकलन गरिनेछ । एकै समयमा बहुसंख्यक व्यक्तिबाट संकलित स्वाबलाई नलीमा राखेर एकै समयमा परीक्षणको व्यवस्था गरिएको उपकरणमा राखेर संक्रमणको अवस्था पत्ता लगाइनेछ ।

बीबीसीका अनुसार एकैपटकमा गरिने परीक्षणमा संकलित स्वाबमा संक्रमण नदेखिएको अवस्थामा सबैजना संक्रमणबाट मुक्त भएको ठहरिनेछ । संकलित स्वाबमा संक्रमणको पुष्टि भएको अवस्थामा सबैलाई बेग्लाबेग्लै पुनः परीक्षण गरेर बिरामी विशेषलाई पहिचान गरी अलग गरिनेछ ।

भारतमा कुल ७२० जिल्ला रहेको छ । ४२० जिल्लामा कोरोनाभाइरसको संक्रमण पाइएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा कोरोनाभाइरस संक्रमितको संख्या करिब १४ हजार पुगेको छ । १० हजार ४७७ जनामा कोरोनाभाइरसको संक्रमण सक्रिय पाइएको छ । एक हजार ४८९ जना संक्रमित निको भएर घर फर्केका छन् । ४२३ जनाको संक्रमणपछि मृत्यु भएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  २ : ३८ बजे

एकता जोगाउन नसकेको स्वीकार्दै शेखरले भने : हामी सबै चुक्यौँ, ‘नियतिको खेल’ नै यस्तै भयो

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई एकतावद्ध राख्ने

माघे संक्रान्तिमा मगर समुदायको झाँकी र र्‍याली (तस्बिरहरू)

काठमाडौं- आज माघे सङ्क्रान्ति । माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो

ग्रिनल्यान्डमा युरोपेली सैन्य तैनाथी सुरु

एजेन्सी– खनिज–सम्पन्न तथा रणनीतिक रूपमा महत्त्वपूर्ण आर्कटिक टापु ग्रिनल्यान्डलाई लिएर

एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड

काठमाडौं– नेपालमा छरिएर रहेका स्वास्थ्य सूचना तथा तथ्यांकहरुलाई एकीकृत गर्ने

कांग्रेस नेता हृदयराम थानीले आगामी चुनाव नलड्ने

काठमाडौं– नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी फागुन २१ गते