रुकुम पश्चिमका २ जनामा कोरोना संक्रमण, थप यकिन गर्न नमूना काठमाडौं पठाइयो « Khabarhub

रुकुम पश्चिमका २ जनामा कोरोना संक्रमण, थप यकिन गर्न नमूना काठमाडौं पठाइयो


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर– कर्णाली प्रदेशमा २ जना कोरोना संक्रमित भेटिएको छन् । सुदूरपश्चिमको धनगढीस्थित प्रयोगशालाको रियल टाइम पीसीआर मेसिनबाट परीक्षणको क्रममा रुकुमको चौरजहारी नगरपालिको क्वारेन्टाइनमा रहेका २ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

केही दिन अगाडि कर्णाली प्रादेशिक अस्पताल सुर्खेतले संकलित नमूनाको परीक्षणका लागि सुदूरपश्चिमको धनगढीस्थित पशुपंक्षी अन्वेषण प्रयोगशालामा पठाएको थियो ।

कर्णाली प्रदेशको स्वास्थ्य निर्देशनालयकी निर्देशक रिता भण्डारीका अनुसार परीक्षणका लागि ९९ जनाको स्वाबको नमूना वैशाख १ गते धनगढी पठाइएको थियो । जसमध्येका २ जनाको रिपोर्ट पोजेटिभ आएको भण्डारीले जानकारी दिइन् ।

उनका अनुसार ३६–३६ वर्षका दुवै जना पुरुषमा पीसीआर टेस्टका क्रममा कोरोना संक्रमण देखिएको हो । उनीहरु केही समय अघि भारतबाट आएका थिए ।

उनीहरु अहिले रुकुमको चौरजहारी सामुदायिक अस्पतालको आइसोलेनमा उपचारत छन् । उनीहरु भारतबाट सार्वजनिक बसमा आएका थिए ।

स्वास्थ्य निर्देशनालयकी निर्देशक भण्डारीले धनगढीमा परीक्षण गर्दा दुवै जनाको रिपोर्ट पोजेटिभ आएपछि थप यकिनका लागि दुवै जनाको स्वाब काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको बताइन् ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  ४ : ०९ बजे

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

बेइजिङ- चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका

‘अर्काको सुन लगायो, आफ्नो कानलाई दुख’

काठमाडौं – अमेरिकामा धेरै कलाकार गए– आए । कलाकार बनेर