दक्षिणी सीमामा सशस्त्रको जनशक्ति थप, उच्च निगरानी | Khabarhub Khabarhub

दक्षिणी सीमामा सशस्त्रको जनशक्ति थप, उच्च निगरानी


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले मुलुकको दक्षिणी नाकामा सशस्त्रको सुरक्षा फौज थप गरी उच्च निगरानी बढाएको छ । भारतबाट नेपाल भित्रिएका व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि निगरानी बढाइएको हो ।

सहज रुपमा हुने सीमा वारपार रोक्न सरकारी निर्देशनअनुसार सशस्त्र प्रहरी बल नेपालले सुरक्षा फौजलाई सीमामा केन्द्रित गर्न थालेको हो । विभिन्न पहाडी तथा हिमाली जिल्लामा खटिएका र विभिन्न गणमा रहेको सशस्त्र प्रहरीलाई सीमाको सुरक्षामा खटाइएको छ ।

यसअघि सीमा क्षेत्रमा नियमित १२२ सीमा निगरानी पोष्ट (विओपी) मा करिब तीन हजार सशस्त्र प्रहरी खटिएका थिए ।

रोगको जोखिम बढेसँगै गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि चैत अन्तिम साता पाँच हजार सुरक्षाकर्मी सीमामा पठाइएकामा अहिले त्यसलाई बढाएर आठ हजार पु¥याइएको जनाइएको छ ।

उनले यही वैशाख १ गते हिमाली तथा पहाडी जिल्लाबाट कटौती गरी सुरक्षा फौज तथा विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई समेत सीमामा खटाउन निर्देशन दिएका थिए ।

उक्त निर्देशनपछि सुरक्षा निकायले आवश्यक तयारी थालेको जनाइएको छ ।

सशस्त्र प्रहरीले सीमा क्षेत्रमा आजसम्म सातभन्दा बढी सुरक्षाकर्मी खटाएको थियो ।

आज मात्रै थप एक हजार १०५ जना सुरक्षा फौजलाई सीमामा पठाइएको जनाइएको छ । योसँगै सीमा क्षेत्रमा सशस्त्र प्रहरीको आठ हजार ३३८ सुरक्षाकर्मीले निगरानी थालेका छन् ।

सिमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको १४ हजार २६३ जनशक्ति खटाइएको थियो । आठ हजार ३८३ थप भएसँगै कुल २२ हजार ६४६ सुरक्षाकर्मीले सीमावर्ती जिल्लाको निगरानी थालेको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रविणकुमार श्रेष्ठले जानकारी दिए ।

सीमा क्षेत्रमा जनशक्ति बढेसँगै अहिले सशस्त्रको निगरानी पोष्टको सङ्ख्या पनि बढेको छ । उनका अनुसार अहिले सीमा क्षेत्रमा अस्थायीसहित एक हजार २१३ सुरक्षा निगरानी चौकी स्थापना भएको छ ।

झण्डै डेढ किलोमिटरको दूरीमा सशस्त्रको पोष्ट स्थापना भएको छ । सुरक्षा फौज थपिएपछि सीमा आवतजावन प्रायः ठप्प जस्तै पारिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार चितवनको माडीस्थित छरछरे, बाँदरझुला र वाल्मीकि आश्रम तथा सीमा नाका ठोरीमा समेत ३ नं. बाहिनीबाट १९ जना जनशक्ति थप गरिएको छ । यस्तै ४ नं. बाहिनीले परासीको त्रिवेणी क्षेत्रमा १८ जनशक्ति बढाइएको छ ।

यही वैशाख १ गते गृहमन्त्री थापाले पहाडी र हिमाली जिल्लाका समेत दरबन्दी घटाएर सिमामा खटाउन निर्देशन दिएपछि हिमाली, पहाडी क्षेत्र र सशस्त्र प्रहरीको प्रधान कार्यालयबाट सुरक्षाकर्मी त्यसतर्फ लगिएको हो । विगतमा ८७ सीमा निगरानी चौकी रहेकामा गृहमन्त्री थापाले गृहमन्त्रालय सम्हालेपछि १२२ निगरानी चौकी पुर्‍याएका थिए ।

सशस्त्र प्रहरीले अहिले सीमा क्षेत्रको आवतजावत रोक्न पैदल गस्ती, मोटरसाइकल साइकल, गाडी गस्तीसमेत गर्न थालेको छ । “फाट्टफुट्ट उपचारका लागि जानेआउने केही होला, तर सशस्त्र प्रहरीले आवतजावत पूर्ण रोकेको छ”, प्रवक्ता श्रेष्ठले भने  “निगरानी चौबीसै घण्टा गर्ने गरी व्यवस्था मिलाएकाले गोरेटो बाटोबाट समेत छिर्न पाउँदैनन् ।”

गृह मन्त्रालयका प्रवक्ता सहसचिव केदारनाथ शर्माले सशस्त्र प्रहरीले माग गरेजति जनशक्ति व्यवस्थापन गरिएको जानकारी दिँदै अब सीमा क्षेत्रको आवागमनमा थप कडाइ भएको बताए । उनले नेपाल प्रहरीले जिल्ला र इलाका क्षेत्रको आआफ्नै क्षेत्रबाट सुरक्षा प्रदान गरिरहेको बताए । अहिले सीमा क्षेत्रको सुरक्षाको पूर्ण जिम्मेवारी सशस्त्र प्रहरीले लिएको छ ।

मुलुकमा कोरोना सङ्क्रमणको जोखिम जारी रहेकाले सरकारले यही वैशाख १५ गतेसम्म लकडाउनको आदेश जारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा कोभिड–१९ बाट अहिलेसम्म १६ जना सङ्क्रमित छन् ।

अधिकांश तेस्रो मुलुक र भारतबाट आएकामा रोग देखिएको छ । त्यसैले सरकारले विदेशबाट आएकाको खोजी खोजी स्वास्थ्य परीक्षण गरिरहेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  ४ : २८ बजे

सुन्दर सपना बोकेर इजरायल गएका विपिन कफिनमा फर्किए

काठमाडौं- सुदूरपश्चिम विश्वविद्यालयको आठौँ सेमेस्टरमा अध्ययनरत कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का

जापान पहिलो महिला प्रधानमन्त्रीको दिशामा, नयाँ गठबन्धन बन्न तयारी

एजेन्सी– जापानको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले सोमबार साँझ

एक महिनामा ७५ हजार पर्यटकले गरे मुस्ताङको भ्रमण

मुस्ताङ– मुस्ताङमा असोज महिनामा ७५ हजार ५९९ पर्यटकले भ्रमण गरेका

नागरिक सुरक्षा प्रहरीको पहिलो प्राथमिकता : एआईजी कार्की

काठमाडौं– काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा नेपाल प्रहरीका

विपिनको शव लिन विमानस्थलमै पुगे राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु

काठमाडौं– इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं ल्याइएको छ ।