लकडाउनको २४ औं दिनमा यस्तो देखियो काठमाडौं [तस्वीरहरू] « Khabarhub

लकडाउनको २४ औं दिनमा यस्तो देखियो काठमाडौं [तस्वीरहरू]



काठमाडौं – कोरोना भाइरस(कोभिड १९) को संक्रमण फैलन नदिनका लागि अहिले देशमा लकडाउन जारी रहेको छ । २४ दिनदेखि जारी लकडाउनका समयमा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले आग्रह गर्दै आएको छ ।

अत्यावश्यक कामका लागि सवारीलाई स्थानीय प्रशासन कार्यालयले सवारी पास समेत उपलव्ध गराउँदै आएको थियो । पछिल्लो समय भने पासको दुरुपयोग बढेको भन्दै बिहीबारबाट सरकारले सवारी जाँचमा कडाइ गरेको छ । राजधानीबाट बाहिरिन खोज्ने र सडकमा निस्कने यात्रुलाई प्रहरीले नियन्त्रणमा लिएर छोड्ने गरेको छ ।

लकडाउनका बेला बाटोमा पैदल हिँड्दै एक महिला ।

विहीवार दिउँसो रत्नपार्क क्षेत्रमा पुग्दा पैदल यात्रुलाई प्रहरीले नियन्त्रणमा राखेको थियो ।

भक्तपुरको सूर्यविनायकबाट नयाँ बसपार्कसम्म पैदल जान लागेका केही पैदल यात्रुलाई लकडाउन उल्लङ्घन गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको थियो । प्रहरीको नियन्त्रणमा रहेका युवा भन्दै थिए – भक्तपुरमा समस्या परेर बसपार्क जान लागेको, प्रहरीले थुनेर राख्यो ।

घाममा राखे पनि प्रहरीले उनीहरूलाई पानी पिउने व्यवस्था गरेको थियो ।

राजधानीको नयाँ बसपार्क क्षेत्र । यतिबेला यो क्षेत्र लकडाउनका कारण सुनसान छ ।

भक्तपुरमा मजदुरी गर्दै आएको र रासन पानी सकिएपछि नयाँ बसपार्कमा रहेका साथीकहाँ जान लागेको बताउने उनीहरुलाई प्रहरीले दूरी कायम गएर बस्न भनेको थियो ।

यता नयाँ बसपार्क, सोह्रखुट्टे, रत्नपार्क आसपास सवारी साधन फाटफुट गुडिरहेका थिए ।

सरकारले चैत्र ११ गते मंगलबारबाट देशमा लकडाउन शुरु गरेको थियो । बिहीबारसम्ममा १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। जसमध्ये एक जना निको भएर घर फर्किसकेका छन् । तस्वीरमा हेरौं लकडाउनका बेलाको काठमाडौं:

राजधानीको जमल क्षेत्र । लकडाउनका कारण सुनसान छ ।
भृकुटीमण्डपअगाडिको सडक ।

प्रहरीले सडकमै क्वारेन्टाइनमा राखेका चार पैदल यात्री । उनीहरूले हिँडेर भक्तपुरको सूर्यविनायकबाट बसपार्क जान लाग्दा प्रहरीले यसरी बस्न लगाएको बताए ।
टुँडिखेल छेउको सडक ।

सुनसान टुँडिखेल चउर ।
राजधानीको भद्रकालीनेर मन्दिरका परेवाहरू सडक खाली हुँदा बाटोमै रमाउने गरेका छन् ।

पैदल यात्रुको जानकारी टिपोट गर्दै प्रहरी ।
दरवारमार्ग ।
सोह्रखुट्टे ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  ५ : ४९ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको