खेलाडीका लागि उपयोगी बन्दै मनोवैज्ञानिक अनलाइन कक्षा | Khabarhub Khabarhub

खेलाडीका लागि उपयोगी बन्दै मनोवैज्ञानिक अनलाइन कक्षा


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले नोबेल कोरोना भाइरस (कोभिड १९) बाट बच्च सामाजिक दूरी कायम गर्नका लागि देशमा लकडाउन लगाएको २४ दिन भइसकेको छ ।

अहिलेसम्म नेपालमा कोरोना १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने एक जना उपचारपछि घर फर्किसकेका छन्।

लकडाउनसँगै देशका सबै क्षेत्र प्रभावित बनेका छन् । यसबाट नेपाली खेलकुद पनि अछुतो रहन सकेन।

नेपालमा खेलकुद गतिविधि बन्द भएको १ महिना भन्दा लामो समय भइसकेको छ।

अन्तिम समयमा रोकिएका गतिविधिमा टोकियो ओलम्पिक को छनोट तथा वाइल्डकार्डका लागि सिफारिस भएका खेलाडीको अभ्यास र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भइरहेको सहिद स्मारक बि डिभसजन लिग हुन्।

मैदान, अभ्यास स्थल र जीममा हुनु पर्ने खेलाडी अहिले लकडाउनले गर्दा घरभित्रै बस्न बाध्य छन्। यसबीचमा जुलाई -अगस्टमा हुने तय भएको टोकियो ओलम्पिक समेत १ वर्षका लागि स्थगित भइसकेको छ।

लामो समय खेलाडीहरु घरमा बस्दा मनोवैज्ञानिक असर पार्ने भन्दै नेपाल ओलम्पिक कमिटी (एनओसी) ले अहिले खेलाडीहरुका लागि मनोवैज्ञानिक कक्षा संचालन गरिरहेको छ।

एनओसीका उपाध्यक्ष तथा निर्देशक चतुरानन्द वैध, महासचिव निलेन्द्रराज श्रेष्ठ र सुजनलाल श्रेष्ठको टिमलाई लकडाउनमा रहँदा खेलाडीहरुको दैनिकी र उनीहरुलाई अनुगमनको जिम्मेवारी दिएको छ ।

अनलाइन कक्षमा प्रशिक्षकले खेलाडीलाई घरमै अभ्यास कसरी गर्ने जस्ता कुराहर सिकाउनेछन् भने खेलाडी र प्रशिक्षकको कामको अनुगमन ३ सदस्यीय टोलीले गर्नेछ।

उक्त टोलीले नेपाली खेलकुदमा नयँ अभ्यास गरिएको अनलाइन कक्षाको प्रभावकारिता बारे प्रतिवेदन बनाउनेछ ।

कक्षा मनोचिकित्सक इन्द्र गुरुङले परामर्श दिने गरेका छन् । गएको आइतबारदेखि सुरु भएको अनलाइन कक्षामा ११ जना खेलाडी र प्रशिक्षकहरु सहभागी हुने गरेका छन् ।

एनओसीले सुरु गरेको कक्षामा टोकियो ओलम्पिकको तयारीमा रहेका र वाइल्डकार्ड इन्ट्रिका लागि सिफारिस भएका खेलाडीलाई सहभागी गराईएको छ।

एनओसीका अध्यक्ष जिवनराम क्षेष्ठको नेतृत्वमा खेलाडीका लागि अनलाइन मनोबैज्ञानिक परामर्श कक्षा शुरु भएको हो ।

´खेलाडीलाई मानसिक रुपमा बलियो बनाउन र लकडाउन अगाडिको फिटनेस र खेलको लयलाई कायम राख्न यश कक्षाले सहयोग पुर्याउने छ,´ अध्यक्ष श्रेष्ठले भने ।

तयारीमा रहेका खेलाडी लामो समय घरमा बस्दा मनोवैज्ञानिक समस्या हुने, उनीहरुको फिटनेसमा समस्या आउने, कमजोर मनोबल हुन सक्ने भन्दै सुरु भएको अनलाइन परामर्श कक्षा आफुहरुका लागि उपयोगी भइरहेको करातेबाट सागकी गोल्डमेडलिष्ट अनु अधिकारीले बताइन्।

`अहिले सुरु भएको अनलाइन कक्षा उपयोगी भइरहेको छ। लामो समय घरमा बस्दा मनोबैज्ञानिक समस्या हुन सक्ने भन्दै सुरु भएको हो । यो कक्षा सुरु भएपछि हाम्रो दैनिकी पनि फेरिएको छ,´ सागकि स्वर्ण विजेता अधिकारीले भनिन्, `यसअघि हामीहरु अभ्यास त गरिरहेका थियौं तर अहिलेको जसरी तालिका अनुसार भइरहेको थिएन।´

अनलाइन कक्षा शुरु भइसकेपछि धेरै कुरामा फरक परेको अधिकारीको अनुभव छ। कक्षामा गृहकार्य समेत दिनेहुँदा अझै सजिलो भएको उनी बतनउँछिन्।

अनु घरमा निश्चित समय छुट्याएर अभ्यास गर्न सके आफ्नो फिटनेस स्थिर रहने बतनउँछिन्।

`हामीले घरमा समय छुट्याएर अभ्यास गर्दा फाइदा नै हुन्छ। यसले हाम्रो खेलमा त सुधार आउँदैन तर, यसअघिको लय कायम राख्न मद्दत गर्ने छ,´ अधिकारीले भनिन्।

तेक्वान्दो प्रशिक्षक तथा ओलम्पियन दिपक बिष्ट यस्ता कक्षाले खेलाडीको मनोबल उच्च पार्ने बताउँछन्।

सुटिङ खेलकी सुस्मिता नेपाल पनि एनओसीले सुुरु गरेको अनलाइन कक्षा इफेक्टिभ भइको बताउँछिन् ।

`लकडाउनले गर्दा घरमा बस्दा इस्ट्रेस भइरहेको थियो । त्यो अहिले केही कम भएको छ।अनलाइन कक्षमा उहाँहरुले दिएका रुल्स र फर्मुलाले सहज बनाएको छ,´ सुस्मिताले खबरहबसँग भनिन्।

करातेका अर्का खेलाडी नविन रसाइली पनि अहिलेको मनोबैज्ञानिक कक्षाले लकडाउनका दिन कटाउन सहज भएको र फिटनेसमा पनि मद्दत गरिरहेको बताउँछन् ।

`लकडाउनले घरमा बस्दा दिक्क लाग्ने भइरहेको थियो तर, अहिले अनलाइन कक्षा सुरु भएपछि सजिलो भइरहेको छ। हामीले अहिले दैनिक सेड्युल अनुसार अभ्यास गरिरहेका छौं, ´ सागका स्वर्ण विजेता रसाइलीले भने।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  ६ : ०१ बजे

एकीकृत समाजवादीको स्पष्टीकरण : सरकारको विकल्प खोज्न दायाँबायाँ गरिएको छैन

काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले अहिले नै

राष्ट्रिय सुरक्षा नीतिलाई सबैले गम्भीरतापूर्वक लिनुपर्‍यो : रक्षामन्त्री

काठमाडौं– रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राष्ट्रिय सुरक्षा नीतिलाई राजनीतिक नेतृत्वलगायत सबैले

संविधानमा उल्लेखित प्रेस स्वतन्त्रता कुण्ठित गर्ने काम हुन थाल्यो : अध्यक्ष पोखरेल

काठमाडौं– नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलले नेपालको संविधानमा उल्लेख

सिनियर अहेब कोइरालालाई भ्रष्टाचार मुद्दामा सफाइ, पुगेन अख्तियारको दाबी

काठमाडौं- गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगसहित भ्रष्टाचार मुद्दा चलाइएका

तयारी पोशाक निर्यातका विषयमा सरकार गम्भीर छ : मन्त्री भण्डारी 

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको तयारी पोशाक