पोखरामा अलपत्र २४ पर्यटकलाई काठमाडौं पठाइयो « Khabarhub

पोखरामा अलपत्र २४ पर्यटकलाई काठमाडौं पठाइयो


४ बैशाख २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- कोभिड–१९ (कोरोना भाइरस) को सङ्क्रमण रोक्न सरकारले आह्वान गरेको लकडाउनले आफ्नो देश फर्किन नपाएका २४ जना पर्यटकलाई आज स्थलमार्गबाट काठमाडौँ पठाइएको छ ।

नेपालस्थित विभिन्न मुलुकका दूतावासको अनुरोधमा गृह मन्त्रालयबाट जिल्ला प्रशासन कार्यालयलाई लकडाउनबाट अलपत्र पर्यटकलाई उद्धार गरी पठाउन निर्देशन भएबमोजिम ती पर्यटकलाई काठमाडौँ पठाइएको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिए ।

उद्धार गरिएका पर्यटकमा फ्रान्सेली १०, बेलायतका सात, अमेरिकी र चिनियाँ दुई/दुई तथा ट्रकी, स्वीडेन र इटालीका एक/एक जना छन् । उनीहरुलाई लेकसाइडस्थित बाराहीघाटमा जम्मा गरेर पठाइएको थियो ।

जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर पर्यटक बसमार्फत उनीहरुलाई राजधानी काठमाडौँ पठाइएको पर्यटक प्रहरी कार्यालय बैदामका प्रमुख गणेश खनालले जानकारी दिए ।

नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी कार्यालय तथा पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाले अलपत्र पर्यटकको उद्धारमा समन्वय गरेका थिए ।

फ्रान्सले शुक्रबार विशेष चार्टर्ड विमानमार्फत नेपालमा रहेका आफ्ना नागरिकलाई स्वदेश लैजाने तयारी गरिएको बताइन्छ ।

लकडाउन आदेश जारी भएपछि हालसम्म पोखराबाट ८६८ अलपत्र पर्यटकको उद्धार गरिसकिएको पर्यटक प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहिबार  ९ : १५ बजे

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ