चीनमा भन्दा भारतमा कोरोना भाइरसका संक्रमित धेरै, २७ सयभन्दा बढीको मृत्यु « Khabarhub

चीनमा भन्दा भारतमा कोरोना भाइरसका संक्रमित धेरै, २७ सयभन्दा बढीको मृत्यु


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसका संक्रमितको संख्या चीनमा भन्दा भारतमा बढी भएका छन् ।

थप ३ हजार ७८७ जनामा संक्रमण देखिएसँगै भारतमा कुल संक्रमितको संख्या ८५ हजार ७८४ पुगेको छ ।

उक्त संख्या चीनको भन्दा २ हजार ८५१ ले बढी हो । चीनमा अहिलेसम्म ८२ हजार ९३३ जनामा संक्रमण देखिएको छ ।

भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २ हजार ७५३ पुगेको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा त्यहाँ थप १०४ जनाको मृत्यु भएको छ ।

५२ हजार ७९७ जनाको उपचार भइरहेको छ भने अहिलेसम्म ३० हजार २३४ जना निको भएका छन् । कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखि लकडाउन जारी गरिए पनि क्रमिक रुपमा  खुकुलो बनाउँदै लगिएको छ ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ५ : ४१ बजे

गृहमन्त्री गुरुङले मन्त्रालयको कार्यकक्षमै बोलाएर सुन्न थाले सर्वसाधारणका गुनासा 

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मन्त्रालयको कार्यकक्षमै सर्वसाधारणका गुनासा प्रत्यक्ष सुन्न

हिरासतबाट ओलीले बादललाई तोके कार्यवाहक अध्यक्ष

काठमाडौं- नेकपा एमालेले रामबहादुर थापा बादललाई कार्यवाहक अध्यक्ष तोकेको छ

विपद्मा प्रयोग गर्न दुईवटा हेलिकप्टर तयारी अवस्थामा राखिने

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले विपद्मा प्रयोग गर्न दुईवटा हेलिकप्टर तयारी

चैत २२ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक हुने

काठमाडौं– निर्वाचन आयोगले यही चैत २२ गतेदेखि मतदाता नामावली सङ्कलन

मापसे गरी सवारी चलाउने १६ जना कारबाहीमा

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा मादक