चीनमा फेरि देखियो कोरोना भाइरसको संक्रमण « Khabarhub

चीनमा फेरि देखियो कोरोना भाइरसको संक्रमण


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनले आफ्नो मुलुकमा कोरोना भाइरसको महामारी अन्त्य भएको घोषणा गरे पनि त्यहाँ फेरि संक्रमण देखिन थालेको छ ।

कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको वुहानमा गत अप्रिल ३ तारिखयता यही २५ अप्रिलमा १४ जनामा संक्रमण देखिएकोमा शुक्रबार फेरि ४ जना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै त्यहाँ संक्रमित हुनेको कुल संख्या ८२ हजार ९३३ पुगेको छ । त्यसमध्ये ७८ हजार २०९ जना संक्रमण मुक्त भएका छन् भने ९१ जना संक्रमितको उपचार भइरहेको छ ।

चीनमा ४ हजार ६३३ जनाको कोरोना भाइरसको संक्रमणकै कारण मृत्यु भएको छ। अप्रिल महिना यता नयाँ संक्रमित देखिएपछि चीनले वुहानका सबै बासिन्दाको कोरोना भाइरसको परीक्षण गरिरहेको छ ।

कोरोना भाइरसको उद्भव मानिएको चीनको वुहानमा गत वर्षको डिसेम्बर ३१ देखि संक्रमण फैलिएको थियो ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ६ : ३१ बजे

लज्जास्पद हारपछि पनि विष्णु रिमालको जिकिर : एमाले फेरि धुलो टक्टक्यााउँदै उठ्नेछ

काठमाडौं- नेकपा एमालेका नेता विष्णु रिमालले पार्टी फेरि पनि धुलो

निष्पक्ष निर्वाचनले राष्ट्रिय समस्याको निरुपण गर्न सहयोग पुर्‍याउनेछ : मुख्यमन्त्री शाह

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले स्वच्छ, स्वतन्त्र र निष्पक्ष

राजुनाथ भन्छन् : बालेन्द्रबाहेक अरू कोही प्रधानमन्त्री हुनै सक्दैनन्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले वरिष्ठ

विपद् व्यवस्थापनमा स्थानीय तहलाई बलियो बनाउन आग्रह

काठमाडौं– गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले विपद् व्यवस्थापनमा स्थानीय तहलाई

समानुपातिकको गणना अन्तिम चरणमा, रास्वपाको मत प्रतिशत घट्यो, एक सिट कांग्रेसतर्फ थपियो

काठमाडौं- समानुपातिक मत प्रणालीतर्फ निर्वाचन आयोगले मंगलबार साँझसम्म सार्वजनिक गरेको