जिम्मेवारी सम्हालेको एक महिना नबित्दै ब्राजिलका स्वास्थ्य मन्त्रीको राजीनामा « Khabarhub

जिम्मेवारी सम्हालेको एक महिना नबित्दै ब्राजिलका स्वास्थ्य मन्त्रीको राजीनामा


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारी नियन्त्रणका लागि गरिएका सरकारी प्रयास पर्याप्त नभएको तथा लिइएका नीति ठीक नभएको भन्दै ब्राजिलका स्वास्थ्य मन्त्री नेल्सन तेइचले राजीनामा दिएका छन् ।

तत्कालीन स्वास्थ्यमन्त्री लुइज हेनरिके मान्देता गत मार्च १५ बर्खास्त भएपछि मन्त्री नियुक्त भएका तेइजले पनि राजीनामा दिएका हुन् ।

कोरोना भाइरसको महामारीसँग जुधिरहेको ब्राजिललाई संक्रमणबाट जोगाउन राज्यको कडा हुनुपर्नेमा लकडाउन खुकुलो बनाउने गरीका निर्णयहरू भएपछि तेइचले पनि राजीनामा दिएको बुझिएको छ ।

यसअघि तत्कालीन स्वास्थ्य मन्त्री मान्देताले पनि लकडाउन खुकुलो बनाउन नहुने बताइरहदा उनलाई राष्ट्रपति जायर बोल्सोनारोले बर्खास्त गरेका थिए ।

ब्राजिलमा कोरोना भाइरसको संक्रमणले १४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने दुई लाख १८ हजार भन्दा बढी संक्रमित भएका छन् ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ७ : ०३ बजे

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको