खोप तयार नभए पनि लकडाउन हटाउने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ « Khabarhub

खोप तयार नभए पनि लकडाउन हटाउने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसविरुद्धको खोप तयार नभए पनि लकडाउन हटाउने बताएका छन् ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा ट्रम्पले यो वर्षको अन्त्यसम्ममा कोरोना भाइरसमाथि गतिलो प्रहार गर्ने समेत बताएको बीबीसीले जनाएको छ ।

ट्रम्पले खोप नबने पनि अर्थतन्त्र सञ्चालन गर्ने बताएका छन् । उनले खोप बनाउने अहिलेको अभियानलाई दोस्रो विश्व युद्धका बेला पहिलो परमाणु हतियार बनाउन गरिएको प्रयाससँग तुलना गरेका छन् ।

खोप बनाउने यो अभियानलाई ‘अपरेशन र्‍याप स्पीड’ को संज्ञा दिएका उनले खोप नबने पनि अमेरिकीहरु सामान्य जीवनमा फर्किन थाल्नु पर्ने बताएका छन् ।

संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले खोप बिना महामारी नियन्त्रणमा आउने सम्भावना नरहेको बताइरहँदा ट्रम्पले भने खोप तयार नै नभए पनि लकडाउन खुलाउने बताएका हुन् ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ७ : ४५ बजे

नेकपा (संयुक्त) ले देशव्यापी पर्चा वितरण गर्दै, भोटाहिटीमा कोणसभा

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) ले निर्वाचन र समसामयिक राष्ट्रिय

‘अवतार : फायर एन्ड यश’को १८ दिनको कमाइ १ अर्ब डलर

काठमाडौं– हलिउड निर्देशक जेम्स क्यामरुनको बहुप्रतीक्षित फिल्म ‘अवतार: फायर एन्ड

धमाधम उम्मेदवार छान्दै एमाले, यी हुन् एकल सिफारिस भएका २६ नेता

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा

मधेस सबै समुदायको साझा घर हो : मुख्यमन्त्री यादव

जनकपुरधाम– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेस सबै समुदायको साझा

चिसोका कारण पश्चिम नवलपरासीमा माछा मर्न थाले

पाल्हीनन्दन– अत्यधिक चिसोका कारण (बर्दघाट सुस्ता पश्चिम)नवलपरासीमा माछा पर्न थालेका छन्