सरकारले आफ्नो असफलता नीति तथा कार्यक्रमबाट प्रष्ट पार्‍यो : अध्यक्ष राणा | Khabarhub Khabarhub

सरकारले आफ्नो असफलता नीति तथा कार्यक्रमबाट प्रष्ट पार्‍यो : अध्यक्ष राणा


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपति शमशेर राणाले सरकारले आफ्नो कमजोरी र असफलता, नीति कार्यक्रममार्फत आफैंले प्रष्ट पारेको बताएका छन् ।

‘सरकार कमजोर छ, असफल छ भन्ने लगुताभाष नीति कार्यक्रममा प्रष्ट झल्कियो । लामो कार्यक्रमको भद्दा संगालो त्यसको प्रमाण बन्यो,’ राणाले शनिबार भने ।

महामारीका बाबजुद नीति तथा कार्यक्रमले कोरोनालाई अन्देखा गरेकोमा उनले आश्चर्य व्यक्त गरे । सरकारको कोरोनामुक्त नीति आठौं आश्चर्यसरह साबित भएको राणाले बताए ।

‘कोरोनाले आक्रान्त भएको बेला स्वास्थ्य, आर्थिक संकट र वेरोजगारी सम्बोधन हुने विशेष जोडको अपेक्षा थियो । सतही विवरणबाहेक सरकार करिवन् मौन रह्यो,’ अध्यक्ष राणाले ट्वीट गदै भने । ‘महामारीबीच कोरोनामुक्त नीति कार्यक्रम आठौं आश्चर्यसरह नै हो । सरकार कहाँ छ, ध्यान कता छ, जगजाहेर भयो ।’

लिम्पियाधुरा, कालापानी, लिपुलेक समेटेर नक्सा प्रकाशन गर्ने सरकारको प्रतिवद्धता व्यवहारमा लागू हुनु पर्ने उनको भनाइ छ ।

‘हाम्रो भूमि मिचेर भारतले सडक बनाएको प्रधानमन्त्रीलाई अस्तिसम्म जानकारी थिएन । लिम्पियाधुरा, कालापानी, लिपुलेक राष्ट्रपतिले फिर्ता लिन्छौं भन्नु त्यसर्थ सुधार मानौं,’ उनले भने । ‘छुटेको भूमिसहित नयाँ नक्सा प्रकाशित गर्ने घोषणा भएको छ । सरकारको प्रतिवद्धता व्यवहारमा लागू हुन्छ भन्ने कामना गरौं ।’

सरकारको नीति तथा कार्यक्रम अव्यवहारिक रहेको राणाको टीप्पणी छ, जो प्रस्तुत गर्न राष्ट्रपतिलाई साढे दुई घण्टाभन्दा बढी समय लागेको थियो ।

अध्यक्ष राणले भने, ‘फेहरिस्त वाचन गर्दागर्दै राष्ट्रपति थाके भने, यसै थाकेको सरकार यत्रो कार्यक्रम साँच्चै कार्यान्वयन गर्दा अझै कति थाक्ने हो । नीति कार्यक्रम अव्यवहारिक देखियो ।’

उनले भने, ‘कोरानाको लहरबाट मृतप्राय भएको नेपाली अर्थतन्त्र उकास्ने भन्ने तर ठोस योजना प्रस्तुत नगर्ने, स्रोत साधन पहिचान र प्रस्तुत नगरी विकास गर्छु भन्ने जस्ता खोक्रो आश्वासनले भरीभराउ नीति तथा कार्यक्रम पढेर नेपाली जनता सरकारसँग निराश र वाक्क दिक्क भएका छन् ।’

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ३ : ४८ बजे

वीरगञ्ज महानगरमा रातको समयमा नाली सफाइ अभियान

वीरगञ्ज– मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जमा रातको समयमा पनि नाला

फोक्सो जोगाउने सूत्र : धूलो, धुवाँ र धूमपानबाट बच्नुस्

बागमती प्रदेशका चार जिल्ला फोक्सोको क्यान्सरको उच्च जोखिममा परेको एक

नेपाली शान्ति सैनिकको एक टोली स्वदेश फिर्ता

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको आह्वानमा अबेइको अन्तरिम सुरक्षा बल मिसनमा तैनाथ

पाँच वर्षसम्म गोलबजार–लगडी–गदियानी सडक अधुरै

सिरहा– दुई वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण सुरु भएको गोलबजार–लगडी–गदियानी सडक

आयआर्जनका लागि ‘होमस्टे’मा जोडिँदै महिला

पाल्पा- पछिल्लो समय यहाँका महिला आयआर्जन गर्न घरबास ‘होमस्टे’मा जोडिँदै