धुलिखेल अस्पतालमा ज्यान गुमाएकी महिलाको मृत्युको कारणबारे एकिन तथ्यांक आएको छैन : प्रवक्ता देवकोटा « Khabarhub

धुलिखेल अस्पतालमा ज्यान गुमाएकी महिलाको मृत्युको कारणबारे एकिन तथ्यांक आएको छैन : प्रवक्ता देवकोटा


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले धुलिखेलमा सुत्केरी महिलाको मृत्यु प्रकरणबारे एकिन तथ्यांक आएपछि मात्र जानकारी दिने बताएका छन् ।

स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेटमा बोल्दै प्रवक्ता डाक्टर देवकोटाले ज्वरो र श्वासप्रश्वासको समस्या देखिएको र उपचारका लागि धुलिखेल अस्पतालमा ल्याउँदै गर्दा मृत्युभएको बताए ।

डा देवकोटाले ती महिला सिन्धुपाल्चोक निवासी २९ वर्षीया महिला बैशाख २३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन् । उनको बैशाख २४ गते नर्मल डेरीभरी भएको थियो । ती महिला बैशाख २५ गते टिचिङबाट डिस्चार्ज भएकी थिइन् ।

‘ज्वरो र श्वासप्रश्वासको समस्या लगायतका शारीरिक समस्या भएपनि उनलाई स्थानीय अस्पतालमा उपचार गराउनुभएको कुरा जानकारी आएको छ,’ प्रवक्ता डाक्टर देवकोटाले भने, ‘उहाँको स्थिति जटिल बन्दै जाँदा धुलिखेल अस्पतालमा आउँदै गर्दा मृत्युभएको जानकारी पाएका छौं ।’

डा देवकोटाले उनको कोरोनाको थप परीक्षण भइरहेको र थप परीक्षणको विवरण प्राप्त भएपछि मात्र स्वास्थ्य मन्त्रालयले जानकारी गराउने बताए ।

‘यस सम्बन्धमा हामीले थप विस्तृत विवरणहरु लिइ रहेका छौं, कोभिड १९ सँग सम्बन्धित थप परीक्षणहरु भइरहेका छन्,’ डा देवकोटाले भने, ‘ त्यसले गर्दा यो परीक्षण र सम्पूर्ण विवरण प्राप्त भइसकेपछि मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधिकारी रुपमा कोभिड १९ सँगको सम्बन्धको मृत्यु होव वा होइन भन्ने कुरा निर्क्यौल गरेर प्रसारण गर्ने कुरा जानकारी गराउछु ।’

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ४ : ५७ बजे

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन