धुलिखेल अस्पतालमा ज्यान गुमाएकी महिलाको मृत्युको कारणबारे एकिन तथ्यांक आएको छैन : प्रवक्ता देवकोटा « Khabarhub

धुलिखेल अस्पतालमा ज्यान गुमाएकी महिलाको मृत्युको कारणबारे एकिन तथ्यांक आएको छैन : प्रवक्ता देवकोटा


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले धुलिखेलमा सुत्केरी महिलाको मृत्यु प्रकरणबारे एकिन तथ्यांक आएपछि मात्र जानकारी दिने बताएका छन् ।

स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेटमा बोल्दै प्रवक्ता डाक्टर देवकोटाले ज्वरो र श्वासप्रश्वासको समस्या देखिएको र उपचारका लागि धुलिखेल अस्पतालमा ल्याउँदै गर्दा मृत्युभएको बताए ।

डा देवकोटाले ती महिला सिन्धुपाल्चोक निवासी २९ वर्षीया महिला बैशाख २३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन् । उनको बैशाख २४ गते नर्मल डेरीभरी भएको थियो । ती महिला बैशाख २५ गते टिचिङबाट डिस्चार्ज भएकी थिइन् ।

‘ज्वरो र श्वासप्रश्वासको समस्या लगायतका शारीरिक समस्या भएपनि उनलाई स्थानीय अस्पतालमा उपचार गराउनुभएको कुरा जानकारी आएको छ,’ प्रवक्ता डाक्टर देवकोटाले भने, ‘उहाँको स्थिति जटिल बन्दै जाँदा धुलिखेल अस्पतालमा आउँदै गर्दा मृत्युभएको जानकारी पाएका छौं ।’

डा देवकोटाले उनको कोरोनाको थप परीक्षण भइरहेको र थप परीक्षणको विवरण प्राप्त भएपछि मात्र स्वास्थ्य मन्त्रालयले जानकारी गराउने बताए ।

‘यस सम्बन्धमा हामीले थप विस्तृत विवरणहरु लिइ रहेका छौं, कोभिड १९ सँग सम्बन्धित थप परीक्षणहरु भइरहेका छन्,’ डा देवकोटाले भने, ‘ त्यसले गर्दा यो परीक्षण र सम्पूर्ण विवरण प्राप्त भइसकेपछि मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधिकारी रुपमा कोभिड १९ सँगको सम्बन्धको मृत्यु होव वा होइन भन्ने कुरा निर्क्यौल गरेर प्रसारण गर्ने कुरा जानकारी गराउछु ।’

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ४ : ५७ बजे

कांग्रेसले आजदेखि निर्वाचन क्षेत्रको समीक्षात्मक कार्यक्रम सुरु गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले आजदेखि प्रतिनिधिसभाका १६५ वटै निर्वाचन क्षेत्रको समीक्षात्मक

आज सिँचाइ दिवस मनाइँदै, अझै कृषि योग्य जमिनमा सुविधा पुर्‍याउन चुनौती

काठमाडौँ– सिँचाइ दिवस तथा जलस्रोत तथा सिँचाइ विभागको स्थापना दिवस

नेपालमा विदेशी फिल्मको रजगज, व्यापार र संख्या दुवैमा एकलौटी

काठमाडौँ– २०८२ सालमा नेपाली हलहरूमा स्वदेशीभन्दा विदेशी फिल्म बढी प्रदर्शनमा

अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्‍यो १० बुँदे प्रस्ताव

काठमाडौँ – अमेरिका र इरानबीच पाकिस्तानको राजधानी इस्लामावादमा औपचारिक वार्ता

बजार अनुगमनमा तीन फर्मलाई जरिवाना

काठमाडौँ– नियमित रुपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य,