जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट १९ जना पक्राउ « Khabarhub

जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट १९ जना पक्राउ


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले जुवातास खेलिरहेको अवस्थामा विभिन्न ठाउँबाट १९ जनालाई प्रकाउ गरेको छ ।

काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-५ नारायणटारबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४६ बर्षीय गोकुल चौलागाईसहित १३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा नगद १ लाख ३० हजार रुपैयाँ, ८ बुक तास, ६ थान पासा र १६ थान पासाको गोटी सहित पक्राउ गरेको हो ।

यसैगरी बाजुरा, खप्तड छेडेदह गाउँपालिका-५ बस्ने ४९ बर्षीय रामबहादुर रावतको घरमा जुवातास खेलिरहेको अवस्थामा राउत सहित ६ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी दोगडीबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा नगद १ लाख २ हजार ३ सय ९० रुपैयाँ र तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ५ : २४ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना