जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट १९ जना पक्राउ « Khabarhub

जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट १९ जना पक्राउ


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले जुवातास खेलिरहेको अवस्थामा विभिन्न ठाउँबाट १९ जनालाई प्रकाउ गरेको छ ।

काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-५ नारायणटारबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४६ बर्षीय गोकुल चौलागाईसहित १३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा नगद १ लाख ३० हजार रुपैयाँ, ८ बुक तास, ६ थान पासा र १६ थान पासाको गोटी सहित पक्राउ गरेको हो ।

यसैगरी बाजुरा, खप्तड छेडेदह गाउँपालिका-५ बस्ने ४९ बर्षीय रामबहादुर रावतको घरमा जुवातास खेलिरहेको अवस्थामा राउत सहित ६ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी दोगडीबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा नगद १ लाख २ हजार ३ सय ९० रुपैयाँ र तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ५ : २४ बजे

एमाले अध्यक्ष ओलीको बन्दीप्रत्यक्षीकरण निवेदनमा आज सुनुवाइ हुँदै

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध सर्वोच्च अदालतमा

इलामको सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

इलाम– सूर्योदय नगरपालिकामा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरुआत गरिएको

झापामा चन्द्रगढी महिला गोल्डकप हुँदै

झापा– भद्रपुरस्थित मेची रङ्गशालामा चन्द्रगढी महिला गोल्डकप आगामी वैशाख ५

रसुवाको गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

रसुवा– डडेलोका कारण उजाड बनेको यहाँको गतलाङस्थित वन क्षेत्रलाई पुनः

कलाकार समेत रहेका प्रधानमन्त्री बालेनको सुधार सूचीमा किन परेन फिल्म क्षेत्र ?

काठमाडौँ- चलचित्र विकास बोर्डको तथ्याङ्क हेर्दा वार्षिक रुपमा औसत ६०