फोहरमैला व्यवस्थापनमा काम गर्ने मजदुरलाई राहत « Khabarhub

फोहरमैला व्यवस्थापनमा काम गर्ने मजदुरलाई राहत


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- महानगरपालिका–१३ कालिमाटी तथा त्यस वरपर क्षेत्रको फोहरमैला व्यवस्थापनमा क्रियाशील ३२ मजदुरलाई आज राहत वितरण गरिएको छ ।

महिलाका लागि मानव अधिकार नामक गैरसरकारी संस्थाले उनीहरुलाई एक बोरा चामल, दाल, नुन, तेल, चना, मस्यौरा, चिनी र साबुन राहतस्वरुप वितरण गरेको हो ।

नमो: हारती सहकारी र स्थानीयवासीको सहयोगमा भएको उक्त कार्यक्रममा पूर्व वडाध्यक्ष रामशरण डङ्गोलले सरसफाइका क्षेत्रमा क्रियाशील मजदुरको स्वास्थ्य जोखिम हुने हुँदा उनीहरुलाई स्यानिटाइजर, पञ्जालगायत व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा संयोजक सुमिरा श्रेष्ठले कोभिड–१९ का कारण अहिले भइरहेको लकडाउनमा यस्ता मजदुर तथा आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारलाई जीविकोपार्जनमा समस्या रहेकाले आफ्नो संस्थाले सहयोग गरेको बताए।

आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्दै जाने उनले प्रतिबद्धता व्यक्त गरे । स्थानीय तहले राहत वितरण गरेको भए पनि लक्षित वर्गसम्म पुग्न नसकेको गुनासो आएको छ । पछिल्लो समय विभिन्न धार्मिक सङ्घसंस्था तथा समाजसेवीले यस्ता वर्गलाई सहयोग गर्ने उद्देश्यले निःशुल्क भोजनको व्यवस्थासमेत गरेका छन् ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ९ : ५२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना