कोरोना संक्रमणकाबीच बहुसंख्यक अमेरिकी घर बाहिरको काममा « Khabarhub

कोरोना संक्रमणकाबीच बहुसंख्यक अमेरिकी घर बाहिरको काममा


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- अमेरिकामा कोरोनाभाइरसको संक्रमण दिनप्रति दिन फैलिदै गएपनि बहुसंख्यकले आफ्नो घर बाहिर काम गर्ने गरेका छन् ।

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार हरेक दश जना मध्ये ६ जनाले आफ्नो घरभन्दा बाहिर काम गर्ने गरेका छन् ।

वासिङ्टन पोष्टले गत अप्रिलको अन्त्य तिर र मे महिनाको शुरुमा गरेको सर्वेक्षणले यस्तो देखाएको उनीहरुको भनाई छ ।उनीहरुले झण्डै आठ हजार जनामा सर्वेक्षण गरेका थिए । उनीहरुको आफुले काम नगर्दा घर परिवारमा समस्या हुने गरेको पनि बताएका थिए ।

पछिल्लो विवरणअनुसार अमेरिकामा कोरोना भाइरसबाट संक्रमितको संख्या १४ लाख ४२ हजार ८१९ पुगेको छ भने मृत्यु हुनेको संख्या ८७ हजार ५३० पुगेको छ । हरेक तीन जना मध्ये एक जनाले हरेक हप्तामा कम्तीमा एक पटक कामका लागि घर छाड्ने गरेको पाइएको पनि सर्वेक्षणकर्ताहरुले जनाएका छन् ।

उनीहरु मध्ये धेरैले आफूलाई कोरोना भाइरसको संक्रमणको त्रास अत्यधिक हुने गरेको पनि बताएका छन् । उनीहरुलाई विषेश गरेर सार्वजनिक यातायातका साधन प्रयोग गर्दा संक्रमण हुने चिन्ता लाग्ने गरेको सुनाएका थिए ।

सर्वेक्षणका अनुसार कामका लागि घर छाड्ने झण्डै ३५ प्रतिशत अमेरिकी नागरिकहरुले सवै समय मास्क प्रयोग गर्ने गरेका छन् । त्यसैगरी ३९ प्रतिशतले कुनै कुनै बेला मात्रै मास्क प्रयोग गर्ने गरेका छन् ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ६ : ०१ बजे

चिसोका कारण पश्चिम नवलपरासीमा माछा मर्न थाले

पाल्हीनन्दन– अत्यधिक चिसोका कारण (बर्दघाट सुस्ता पश्चिम)नवलपरासीमा माछा पर्न थालेका छन्

भेनेजुएलामा अमेरिकी आक्रमण हुँदा क्युबाका ३२ सुरक्षा अधिकारी मारिए

काराकस- भेनेजुएलामा भएको अमेरिकी आक्रमणमा क्युबाका ३२ जना अधिकारी मारिएका

भेनेजुएलामाथि कूटनीतिक र आर्थिक दबाब कडा बनाउँदै अमेरिका

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलासँग सम्बन्धित नीतिगत निर्णयमा सबै

भेनेजुएलाकी अन्तरिम राष्ट्रपतिलाई ट्रम्पको धम्की : हाम्रो कुरा नमाने मादुरोभन्दा खराब हालत हुन्छ

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिग्जलाई

महिलामैत्री नीति व्यवहारमा कार्यान्वयन हुनुपर्छ : मन्त्री सिन्हा

काठमाडौं–  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले महिलामैत्री नीति कागजमा