चोरीमा संलग्न छ पक्राउ « Khabarhub

चोरीमा संलग्न छ पक्राउ


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीले चोरी कार्यमा संलग्न छ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरीवृत्त थानकोट र वृत्त कीर्तिपुरको टोलीले चन्द्रागिरि नगरपालिका–१५ तिनथानास्थित राजेश मानन्धरको घरबाट रु १७ लाख ६१ हजार मूल्य बराबरको धनमाल चोरी गर्ने छ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउपर्नेमा उदयपुरका आकाश मगर, अञ्जना मगर, कीर्तिपुरका सौरभ महर्जन, अभिषेक महर्जन र धादिङका विमला तामाङ र कविता मगर रहेका छन् ।

पक्राउ परेकामध्ये अञ्जना मगर, अभिषेक महर्जन र कविता मगरलाई चन्द्रागिरि नगरपालिका–१५ तिनथानाबाट, विमला तामाङलाई इलाका प्रहरी कार्यालय गजुरीको समन्वयमा धादिङ किरानचोकबाट तथा सौरभ महर्जन र आकाश मगरलाई कीर्तिपुर नगरपालिका–३ चिहानघाटबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
–––

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ७ : ५३ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब