संक्रमितको उपचारमा कुनै कसर बाँकी नराख्न मुख्यमन्त्री राउतको निर्देशन | Khabarhub Khabarhub

संक्रमितको उपचारमा कुनै कसर बाँकी नराख्न मुख्यमन्त्री राउतको निर्देशन


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरसबाट प्रभावित पर्सा, वीरगञ्जको आज अनुगमन गरेका छन् ।

उनले यस प्रदेशको वीरगञ्ज कोरोना सङ्क्रमणबाट अतिप्रभावित भइरहेको अवस्थामा आज कोरोना सङ्क्रमितको उपचारमा कुनै कसर बाँकी नराख्न सम्बन्धित पक्षलाई निर्देशन दिए ।

प्रदेशमा कोरोना सङ्क्रमित १०७ जना छन् । सोमध्ये अहिले ८६ जनाको वीरगञ्जमा उपचार भइरहेको छ । सो अवसरमा उनले पर्साको समग्र वस्तुस्थितिबारे जानकारी लिनुका साथै सरकारले गर्नुपर्ने कामका विषयमा सरोकारवालासँग सल्लाह गरेको मुख्यमन्त्रीका प्रेस संयोजक आतिस मिश्रले जानकारी दिए।

प्रदेशअन्तर्गतका क्वारेन्टाइन र आइसोलेशनको अवस्थाका साथै समस्याबारे जानकारी लिँदै मुख्यमन्त्री राउतले आगामी दिनमा सङ्क्रमित थपिने सम्भावना रहेको र विदेशबाट नागरिकलाई फिर्ता ल्याएपछि उत्पन्न अवस्थाबारे पूर्वतयारीको सम्बन्धमासमेत छलफल गरेका थिए ।

सरकारले सबै जिल्लामा थप क्वारेन्टाइन स्थापनाका लागि गरेको निर्णयको कार्यान्वयनको सम्भावित स्थलको पहिचान गर्नुपर्ने विषयमा जोड दिँदै उनले राजनीतिक दल र सरोकारवालासँग समन्वय तथा सहकार्यका लागि निर्देशन दिए ।

उक्त छलफलमा वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरावगी, सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरे, प्रजिअ विष्णुबहादुर कार्की, नारायणी अस्पताल वीरगञ्जका प्रमुख मदन उपाध्याय, प्रहरी उपरीक्षक गङ्गा पन्त र नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ का सभापति दीपेन्द्र चौहानको सहभागिता थियो ।

सो अवसरमा मुख्यमन्त्री राउतले पर्साको पोखरिया अस्पताललाई एम्बुलेन्स खरिदका लागि रु ३१ लाख २५ हजारको चेक हस्तानन्तरण गरे ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ८ : ३५ बजे

मोहना नदीको कटान रोक्न २० हेक्टर क्षेत्रमा बिरुवा रोपण 

गोदावरी– कैलालीको मोहना नदी क्षेत्रको कटान रोक्न २० हेक्टर क्षेत्रमा

शिव हुमागाईंको गुनासो- मन्त्रीहरूको सत्कारमा १३ लाख खर्च भयो, बाढीपीडितले १३ रुपैयाँ पनि पाएनन्

काठमाडौं– नेपाली कांग्रेसका नेता शिव हुमागाईंले गत असोजमा आएको बाढी–पहिरोपीडितका

पुल भाँचिएपछि नाला–च्यामासिङ सडक अवरुद्ध

काठमाडौं – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ४ र १ को सीमास्थलमा

दक्षिण कोरियाले कागेश्वरी मनोहरालाई प्लास्टिक रिसाइक्लिङ मेसिन उपहार दिने

काठमाडौं- दक्षिण कोरियाले कागेश्वरी मनोहरा नगरपालिकालाई ६० लाख बराबरको २

कर्णाली करिडोरमा दिगो वन व्यवस्थापनसम्बन्धी सचेतना कार्यक्रम

घोडाघोडी– कैलालीको कर्णाली ‘करिडोर’मा दिगो वन व्यवस्थापनसम्बन्धी उपभोक्ता सचेतना कार्यक्रम