ताइवानको आकाशमा विमान उडाएकोमा अमेरिकालाई चीनको चेतावनी « Khabarhub

ताइवानको आकाशमा विमान उडाएकोमा अमेरिकालाई चीनको चेतावनी


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकाले ताइवानको आकाशमा नौसेनाको विमान उडाएकोमा चीनले गम्भीर आपत्ती जनाएको छ ।

चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता कर्णेल रेन गुओचियाङले सोमबार एक वक्तव्य जारी गर्दै अमेरिकाको उक्त कदम चालेर भयंकर गल्ती गरेको चेतावनी दिएको छ ।

गत जुन ९ मा अमेरिकी नौसेनाको सी–४० ए विमान ताइवानको आकाशमा उडाउँदा चीनको अनुमति नलिएर आफ्नो सार्वभौमिकताविरूद्ध उत्तेजक गतिविधि नगर्ने पनि सचेत गराएको छ ।

‘चीनको सार्वभौमिकता र भौगोलिक अखण्डताविरुद्ध कुनै उत्तेजक कार्य नगर्न हामी अमेरिकालाई आग्रह गर्छौँ,’ गुओचियाङले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।

उनले ताइवानको चीनको अभिन्न हिस्सा रहेको भन्दै ताइवानलाई लिएर चीनमाथि दबाब दिने जस्तोसुकै प्रयासलाई पनि असफल पार्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ९ : ०३ बजे

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच