ताइवानको आकाशमा विमान उडाएकोमा अमेरिकालाई चीनको चेतावनी « Khabarhub

ताइवानको आकाशमा विमान उडाएकोमा अमेरिकालाई चीनको चेतावनी


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकाले ताइवानको आकाशमा नौसेनाको विमान उडाएकोमा चीनले गम्भीर आपत्ती जनाएको छ ।

चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता कर्णेल रेन गुओचियाङले सोमबार एक वक्तव्य जारी गर्दै अमेरिकाको उक्त कदम चालेर भयंकर गल्ती गरेको चेतावनी दिएको छ ।

गत जुन ९ मा अमेरिकी नौसेनाको सी–४० ए विमान ताइवानको आकाशमा उडाउँदा चीनको अनुमति नलिएर आफ्नो सार्वभौमिकताविरूद्ध उत्तेजक गतिविधि नगर्ने पनि सचेत गराएको छ ।

‘चीनको सार्वभौमिकता र भौगोलिक अखण्डताविरुद्ध कुनै उत्तेजक कार्य नगर्न हामी अमेरिकालाई आग्रह गर्छौँ,’ गुओचियाङले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।

उनले ताइवानको चीनको अभिन्न हिस्सा रहेको भन्दै ताइवानलाई लिएर चीनमाथि दबाब दिने जस्तोसुकै प्रयासलाई पनि असफल पार्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ९ : ०३ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका