स्पेनिस ला लिगा : बार्सिलोना र लेगानेसको खेल आज « Khabarhub

स्पेनिस ला लिगा : बार्सिलोना र लेगानेसको खेल आज


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीपछि फेरि सुरू भएको स्पेनिस ला लिगाको आफ्नो दोस्रो खेलमा आज लिग लिडर बार्सिलोना र रेलिगेसन जोनमा रहेको लेगानेसबीच प्रतिस्पर्धा हुँदैछ ।

बार्सिलोनाको खेल मैदानमा नेपाली समय अनुसार मंगलबार राति १:४५ बजे सुरु हुने खेलमा लिग लिडर बार्सिलोनालाई जीत निकाल्दै दोस्रो स्थानको रियल मड्रिडसँगको अंक दूरी बढाउने मौका हुनेछ ।

कोरोनाले स्थगित लिग सुचारुपछि बार्सिलोना लगातार दोस्रो जीत निकाल्ने योजनामा छ । यसअघि बार्सिलोनाले मालोर्कालाई ४-० ले हराएको थियो ।

बार्सिलोना २८ खेलमा ६१ अंकसहित शीर्ष स्थानमा रहेको छ । लेगानेसलाई पराजित गरे बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडविरुद्ध ५ अंकको अग्रता बनाउनेछ ।

रियलको ५९ अंक रहेको छ । लेगानेस २३ अंकसहित पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  १ : ३८ बजे

इनड्राइभले दियो ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेतालाई पुरस्कार

काठमाडौं– इनड्राइभले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेताहरूलाई काठमाडौंमा आयोजित विशेष

‘आबाट आमा’को सिक्वेलको सुटिङ वैशाखमा, पल र विपना दोहोरिए

काठमाडौं – केही दिनअघि मात्रै प्रदर्शनमा ५१ दिन मनाएको फिल्म

एनएमबि बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं– एनएमबि बैंकले ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा देशभर

निफमा ‘रसियन फिल्म डेज’ हुने, यी चार फिल्म स्क्रिनिङ हुँदै

काठमाडौं – चैत १९ देखि २३ सम्म हुन लागेको नवौं

नेप्से परिसूचक २३ अंकले बढ्यो

काठमाडौं– यो साता कारोबारको लगातार तेस्रो दिन नेपाल स्टक एक्सचेञ्ज