सर्वोच्चले भन्यो – अन्तरिम आदेश खारेज गर्नुपर्ने कुनै न्यायिक आधार देखिएन « Khabarhub

सर्वोच्चले भन्यो – अन्तरिम आदेश खारेज गर्नुपर्ने कुनै न्यायिक आधार देखिएन


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सर्वोच्च अदालतले कर चुक्तासम्बन्धी यसअघिको अन्तरिम आदेशलाई नै निरन्तरता दिएको छ । सरकारले अन्तरिम आदेश खारेज गर्न माग गर्दै भ्याकेट हालेपनि सर्वोच्च अदालतले अस्विकार गर्दै अन्तरिम आदेश कायम रहने अर्को आदेश जारी गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाश कुमार ढुंगानाको सोमबारको इजलाशको आदेश मंगलबार प्रकाशन गर्दै सर्वोच्चले यसअघिकै अन्तरिम आदेशलाई निरन्तरता दिने आदेश सुनाएको हो । सोमबार सुनुवाई सकिएपनि समय नपुगेको भन्दै आज मात्रै आदेश प्रकाशन भएको छ ।

सोमबारको इजलाश सकिएपछि सर्वोच्च अदालतको वेवसाइट र प्रवक्ता भद्रकाली पोखरेलले समेत कानून बमोजिम गर्नु भन्ने मात्रै आएको र थप आदेश मंगलबार आउने बताएका थिए ।

मंगलबार आदेश प्रकासन गर्दै सर्वोच्चले भनेको छ, ‘अन्तरिम आदेश खारेज गर्नुपर्ने कुनै पनि न्यायिक आधार, कारण तथा परिवर्तित परिस्थितिहरू उल्लेख भएको नदेखिँदा यस अदालतबाट २८ जेठ २०७७ मा जारी भएको अन्तरिम आदेश खारेज गर्नुपर्ने देखिएन । कानुन बोमोजिम गर्नू ।’

यसअघि चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्मको आयकर र वैशाख मसान्तसम्मको अन्तःशुल्क, मूल्य अभिवृद्धि कर तथा दूरसञ्चार सेवा शुल्क दाखिला गर्न आन्तरिक राजस्व विभागले जेठ २० गते सूचना प्रकाशित गरेको थियो ।

जुन सूचना कानूनसम्मत नभएको भन्दै अधिवक्ताद्वय थानेश्वर काफ्ले र सुर्जना अधिकारीले सर्वोच्चमा रिट दायर गरेका थिए । जुन रिटमाथि गत जेठ २८ गते न्यायाधिश द्वय अनिलकुमार सिन्हा र मनोजकुमार सिन्हाको संयुक्त इजलाशमा सुनुवाई गर्दै तत्काल कर चुक्ता गर्न सरकारे जारी गरेको सूचना कार्यान्वयन नगर्न भनिएको थियो । अन्तरिम आदेशमार्फत लकडाउन खुलेको ३० दिनभित्र (बाटोको म्यादबाहेक) कर तिर्ने व्यवस्था मिलाउन अन्तरिम आदेशमा भनिएको थियो ।

सरकारले दैनिक काम सञ्चालनमा समेत समस्या पर्नेभन्दै अन्तरिम आदेश खारेज गर्न माग गर्दै भ्याकेट दर्ता गरेपनि सर्वोच्चले अस्विकार गरेको हो । तर करसम्बन्धी विवादको लिखित जवाफ पेश भएपछि अग्राधिकार दिन समेत आदेशमा भनिएको छ ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ३ : ०० बजे

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद