४५ वर्षपछि भारत–चीन सीमामा हिंसात्मक भिडन्त « Khabarhub

४५ वर्षपछि भारत–चीन सीमामा हिंसात्मक भिडन्त


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ४५ वर्षपछि भारत–चीन सीमामा हिंसात्मक भिडन्त भएको छ ।

भारत र चीनको सीमा क्षेत्र लद्दाखको गल्वान उपत्यकमा सोमबार राति भएको भिडन्तमा एक भारतीय सैन्य अधिकृतसहित २० सैनिकको मृत्यु भएको छ । चीनतर्फ पनि हताहति भएको भारतीय सञ्चार माध्यमले दाबी गरेका छन् ।

आणविक शक्ति राष्ट्र भारत र चीनबीच लद्दाखमा सन् १९६२ को युद्धपछि छिटफुट आमने–सामने र झडप भइरहे पनि ज्यानै जाने गरी भिडन्त भएको थिएन । अरूणाञ्चलको तुलुङ लामा १९७५ मा दुई देशका सैनिकबीच भिडन्त भएयता भारत र चीनबीचको सीमानामा यो पहिलो हताहति हो । सीमामा हताहति रोक्न गस्ती गर्दा दुबै देशका सैनिकहरू निःशस्त्र हिँड्ने र समन्वय गर्ने गरे पनि एक महिनायता तनाव बढेको थियो ।

गत मे ५ मा लद्दाखकै प्यान्गोङ सो हिमताल छेउमा भारत र चीनका सैनिकहरूबीच धकेलाधकेल हुँदा दुबैतर्फका केही सैनिकहरू सामान्य घाइते भएका थिए । भारत र चीनका सुरक्षाकर्मीबीच सीमामा तनाव र आमने–सामनको स्थिति सोमबार राति हिंसात्मक झडपमा बद्लिएको हो ।

तनाव रोक्न दुबै देशबीच वार्ता भइरहेका बेला भिडन्त भएको हो । भारत र चीन दुवै देशले भिडन्तको आरोप एक–अर्कामाथि लगाएका छन् ।

गल्वान उपत्यकामा चिनियाँ सैनिकले भारतीय भूमि अतिक्रमण गरी गस्ती गरिरहेको भारतले आरोप लगाउँदै आएको छ । त्यस्तै, भारतले युद्धको तयारीस्वरूप पूर्वी लद्दाखको लाइन अफ कन्ट्रोलनजिकै चीनले थप ५ हजार फौज उतारेको दाबी गरिरहेको छ ।

चिनियाँ सरकार नियन्त्रित सञ्चारमाध्यमहरूले समेत सीमानामा चिनियाँ सेनाको बढ्दो गतिविधिबारे भिडियो र अन्य सामग्री प्राथमिकताका साथ प्रशारण गरिरहेका छन् ।

चीनले सहमतिविपरीत भारतले सीमा पार गरी उत्तेजक गतिविधि गरेकाले भिडन्त भएको आरोप लगाएको छ । भारतीय रक्षामन्त्रीले तीन वटै सैन्य संगठनका प्रमुखहरूसँग घटनाबारे आकस्मिक छलफल गरेका छन् ।

भारत र चीनबीच ३ हजार ४८८ किलोमिटर लामो सीमाका धेरै ठाउँमा सीमाविवाद र एक अर्काको दाबी छ । सीमा विवादलाई लिएर सन् १९६२ मा दुई देशबीच युद्ध भएको थियो । सीमानाका धेरै ठाउँमा लाइन अफ एक्चुयल कन्ट्रोलकै टुंगो नलागेकोले दुई देशले सीमा क्षेत्रलाई आआफ्नो दाबी गर्दै आएका छन् ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ७ : २७ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार