भैरहवामा २६ कोरोना संक्रमित निको भएर घर फिर्ता « Khabarhub

भैरहवामा २६ कोरोना संक्रमित निको भएर घर फिर्ता


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा- भैरहवाको भीम अस्पतालबाट २६ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् ।

गत जेठ १९ र २० गते अस्पतालको आइसोलेशन सेण्टरमा भर्ना भएका कपिलवस्तुका १४, रुपन्देहीका दश र नवलपरसीका दुई सङ्क्रमित निको भई आज घर फर्किएको भीम अस्पतालका प्रवक्ता गोपाल उपाध्यायले जानकारी दिए ।

अस्पतालमा एक गर्भवतीसहित दुई सङ्क्रमित उपचाररत छन् ।

प्रवक्ता उपाध्यायका अनुसार डिस्चार्ज हुनेमा रुपन्देहीको सैनामैना नगरपालिकाका १९ वर्षीया महिला तथा ४१ र ४३ वर्षीय पुरुष, कोटहीमाई गाउँपालिकाका ७० वर्षीया महिला र ४२ वर्षीय पुरुष तथा मायादेवी गाउँपालिकाका १५, ३६, ५१, २० र ४५ वर्षीय पुरुष छन् ।

त्यस्तै कपिलवस्तुको वाणगंगा नगरपालिकाका ३३, ४१ वर्षीया महिला, बुद्धभूमि नगरपालिकाका १९, २२, २४, २६, २७, २८, २८, ३२, ३५, ३८ र ४७ वर्षीय पुरुष, शिवराज नगरपालिकाकी २४ वर्षीया महिला तथा नवलपरासीको रामग्राम नगरपालिकाका २२ र सरावल गाउँपालिकाका २६ वर्षीय पुरुष छन् । यसअघि २५ सङ्क्रमित कोरोना जितेर घर फर्किएका थिए ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ७ : ३७ बजे

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा