गण्डकीको बजेट : महिला सशक्तीकरण शब्दमा मात्र भएको टिप्पणी « Khabarhub

गण्डकीको बजेट : महिला सशक्तीकरण शब्दमा मात्र भएको टिप्पणी


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- गण्डकी प्रदेशसभाका महिला सदस्यले आर्थिक वर्ष २०७७/७८ का लागि सार्वजनिक बजेटमा मिश्रित प्रतिक्रिया दिएका छन् ।

गण्डकी प्रदेशसभामा सोमबार आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रस्तुत गरेको ३४ अर्ब ८४ करोड २१ लाख ६० हजारको बजेटमा प्रतिक्रिया दिँदै सदस्यले महिला सशक्तीकरणको विषय परिणाममुखी हुनुपर्नेमा जोड दिए ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)की गायत्री गुरुङले कोरोना महामारीको चुनौतीबीच प्रदेश सरकारले ल्याएको बजेटलाई खोट लगाउने अवस्था नदेखिएको बताए ।

बजेटले कोरोनाको रोकथाम र नियन्त्रणलाई प्रमुख प्राथमिकता दिएको उनले बताए । “संकटका बीचमा सरकारले बजेट ल्याएको छ, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, भौतिक पूर्वाधारका बारेमा धेरै कुरा आएको छ”, उनले भने, “जनजाति, आदिवासी, अल्पसङ्ख्यक, सीमान्तकृत दलित सबैलाई समेटेर आएको छ ।”

बजेटले समाजवादोन्मुख अर्थतन्त्रमा जोड दिएको बताउँदै उनले लिङ्गीय र वर्गीय दुवै रुपमा उत्पीडिनमा परेका महिलालाई पनि सम्बोधन गरिएको बताए ।

आर्थिक, राजनीतिक, समाजिक एवम् सांस्कृतिक पक्षबाट सशक्तीकरण गर्ने गरी बजेटले सम्बोधन गरेको उनले जानकारी दिए । सरकारको नीति तथा कार्यक्रमसँगै आएको बजेटले महिलाको चौतर्फी विकासमा सहयोग पुग्छ भन्ने आफूले विश्वास लिएको गुरुङले बताए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका ललितकला गुरुङले अघिल्लो वर्षकै निरन्तरतासँग बजेट आएको बताइन । “अहिले कोरोना रोकथामको लागि बजेट छुट्टयाउनु राम्रो नै हो तर महिलाको सुरक्षाका लागि महिलामैत्री क्वारेन्टिनका बारेमा स्पष्ट छैन”, उनले भनिन ।

महिला सशक्तीकरण मात्र भनेर नहुने उल्लेख गर्दै उनले त्यसभित्रका विविध पक्षलाई ‘ब्रेकडाउन’ गर्न सक्नुपथ्र्यो भने ।

महिलालाई आयआर्जन र रोजगारीका लागि पनि स्पष्ट कुरा बजेटमा आउन नसकेको टिप्पणी गर्दै उनले महिलाका विषयमा परिणाममुखी काम हुनुपर्नेमा जोड दिइन । बजेटको आकार बढे पनि महिला, बालबालिका र युवालाई लक्ष्य गरेर कुनै प्रभावकारी कार्यक्रम नआएको उनको धारणा छ ।

राष्ट्रिय जनमोर्चाकी पियारी थापाले महिलाका विषयमा ‘गोलमोटोल’ बजेट आएको टिप्पणी गरिन । सधैँ आदिवासी, जनजाति सीमान्तकृतसँग लगेर महिला जोडिने बताउँदै थापाले त्यसबाट कसरी महिलाको सशक्तीकरण हुन्छ भन्ने प्रश्न गरिन ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ८ : ३५ बजे

मध्यपूर्व युद्धको असर : चीनले रासायनिक मल निर्यातमा लगायो प्रतिबन्ध

बेइजिङ- चीनले घरेलु बजार सुरक्षित राख्न रासायनिक मल (फर्टिलाइजर) निर्यातमा

इरानी आक्रमणले कतारलाई ठूलो क्षति : ग्यास आपूर्ति कम्तीमा ५ वर्ष प्रभावित हुन सक्ने

दोहा- इरानका पछिल्ला आक्रमणका कारण कतारको ग्यास उद्योगमा ठूलो क्षति

टाटाको स्प्रिंग एक्सचेन्ज क्याम्प : पुरानासँग नयाँ गाडी साट्न सकिने

काठमाडौं– नेपालका लागी टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिंग प्रालिले आजदेखि

इरानी सेनाका प्रवक्ता इजरायली आक्रमणमा मारिए

तेहरान : इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता

‘मतदाता शिक्षा प्रभावकारी हुन नसक्दा मत बदर संख्या बढ्यो’ 

काठमाडौं- नागरिक समाजले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी