गण्डकीको बजेट : महिला सशक्तीकरण शब्दमा मात्र भएको टिप्पणी « Khabarhub

गण्डकीको बजेट : महिला सशक्तीकरण शब्दमा मात्र भएको टिप्पणी


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- गण्डकी प्रदेशसभाका महिला सदस्यले आर्थिक वर्ष २०७७/७८ का लागि सार्वजनिक बजेटमा मिश्रित प्रतिक्रिया दिएका छन् ।

गण्डकी प्रदेशसभामा सोमबार आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रस्तुत गरेको ३४ अर्ब ८४ करोड २१ लाख ६० हजारको बजेटमा प्रतिक्रिया दिँदै सदस्यले महिला सशक्तीकरणको विषय परिणाममुखी हुनुपर्नेमा जोड दिए ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)की गायत्री गुरुङले कोरोना महामारीको चुनौतीबीच प्रदेश सरकारले ल्याएको बजेटलाई खोट लगाउने अवस्था नदेखिएको बताए ।

बजेटले कोरोनाको रोकथाम र नियन्त्रणलाई प्रमुख प्राथमिकता दिएको उनले बताए । “संकटका बीचमा सरकारले बजेट ल्याएको छ, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, भौतिक पूर्वाधारका बारेमा धेरै कुरा आएको छ”, उनले भने, “जनजाति, आदिवासी, अल्पसङ्ख्यक, सीमान्तकृत दलित सबैलाई समेटेर आएको छ ।”

बजेटले समाजवादोन्मुख अर्थतन्त्रमा जोड दिएको बताउँदै उनले लिङ्गीय र वर्गीय दुवै रुपमा उत्पीडिनमा परेका महिलालाई पनि सम्बोधन गरिएको बताए ।

आर्थिक, राजनीतिक, समाजिक एवम् सांस्कृतिक पक्षबाट सशक्तीकरण गर्ने गरी बजेटले सम्बोधन गरेको उनले जानकारी दिए । सरकारको नीति तथा कार्यक्रमसँगै आएको बजेटले महिलाको चौतर्फी विकासमा सहयोग पुग्छ भन्ने आफूले विश्वास लिएको गुरुङले बताए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका ललितकला गुरुङले अघिल्लो वर्षकै निरन्तरतासँग बजेट आएको बताइन । “अहिले कोरोना रोकथामको लागि बजेट छुट्टयाउनु राम्रो नै हो तर महिलाको सुरक्षाका लागि महिलामैत्री क्वारेन्टिनका बारेमा स्पष्ट छैन”, उनले भनिन ।

महिला सशक्तीकरण मात्र भनेर नहुने उल्लेख गर्दै उनले त्यसभित्रका विविध पक्षलाई ‘ब्रेकडाउन’ गर्न सक्नुपथ्र्यो भने ।

महिलालाई आयआर्जन र रोजगारीका लागि पनि स्पष्ट कुरा बजेटमा आउन नसकेको टिप्पणी गर्दै उनले महिलाका विषयमा परिणाममुखी काम हुनुपर्नेमा जोड दिइन । बजेटको आकार बढे पनि महिला, बालबालिका र युवालाई लक्ष्य गरेर कुनै प्रभावकारी कार्यक्रम नआएको उनको धारणा छ ।

राष्ट्रिय जनमोर्चाकी पियारी थापाले महिलाका विषयमा ‘गोलमोटोल’ बजेट आएको टिप्पणी गरिन । सधैँ आदिवासी, जनजाति सीमान्तकृतसँग लगेर महिला जोडिने बताउँदै थापाले त्यसबाट कसरी महिलाको सशक्तीकरण हुन्छ भन्ने प्रश्न गरिन ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ८ : ३५ बजे

ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरे : जनवरी २०२६ देखि पद सम्हाल्ने !

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति (एक्टिङ

एलन मस्कको ग्रोकमाथि मलेसिया-इन्डोनेसियाको प्रतिबन्ध

एजेन्सी– मलेसिया र इन्डोनेसिया एलन मस्कको एक्सएआईद्वारा विकसित आर्टिफिसियल इन्टेलिजेन्स

काठमाडौंमा दुईदिने थारू राष्ट्रिय माघी महोत्सव हुने

काठमाडौं– थारु समुदायको महान पर्वका रूपमा रहेको माघीलाई लक्षित गर्दै

जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

कपिलवस्तु-  वाणगंगा नगरपालिका-१० भावपुरस्थित रोयल सिटी कटेज एण्ड रेष्टुरेन्टबाट जुवातास खेलिरहेको अवस्थामा

महेश बस्नेतको जिकिर : रवि-बालेन ‘पानीका फोका’ मात्रै, एमालेलाई कसैले रोक्न सक्दैन

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी