सरकारलाई १४ थान ‘युनिभर्सल एनेस्थेसिया’ हस्तान्तरण « Khabarhub

सरकारलाई १४ थान ‘युनिभर्सल एनेस्थेसिया’ हस्तान्तरण


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निक साइमन्स फाउण्डेसनले आज नेपाल सरकारलाई कोरोना भाइरस सङ्क्रमण रोकथाम र उपचारमा आवश्यक पर्ने भेन्टिलेटरसहितको १४ थान युनिभर्सल एनेस्थेसिया हस्तान्तरण गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्याममन्त्री भानुभक्त ढकाललाई सो फाउण्डेसनका निमित्त निर्देशक विकास श्रेष्ठ र वरिष्ठ कार्यक्रम व्यवस्थापक डा काशिम शाहले टेकुस्थित स्वास्थ्य सेवा विभागको परिसरमा सो सामग्री हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा मन्त्री ढकालले विषम स्थितिका बीच महत्वपूर्ण सहयोग गरेकामा आभार व्यक्त गर्दै भविष्यमा पनि सहयोगको अपेक्षा व्यक्त गरे ।

विना अक्सिजन शल्यक्रिया गर्न सकिने उक्त मेसिन सङ्खुवासभा अस्पताल, गाइघाट अस्पताल उदयपुर, दमक अस्पताल झापा, लहान अस्पताल सिरहा, कलैया अस्पताल बारा, त्रिशुली अस्पताल, दोलखा जिल्ला अस्पताल, वीर अस्पताल, भरतपुर अस्पताल, दमौली अस्पताल, स्याङ्जा जिल्ला अस्पताल, गुल्मी अस्पताल, पृथ्वी चन्द्र अस्पताल र कालीकोट अस्पतालमा पठाइनेछ ।

उक्त मेसिनको मूल्य रु तीन करोड छ लाख पर्ने जनाइएको छ । फाउण्डेसनले यसअघि पनि १० थान भेन्टिलेटर उपलब्ध गराएको थियो । डा शाहले अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन मेसिनले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ९ : ५२ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक