कतारमा हुने विश्वकप फुटबलमा एकै दिन चार खेल हुने « Khabarhub

कतारमा हुने विश्वकप फुटबलमा एकै दिन चार खेल हुने


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कतारमा हुने फिफा विश्वकप २०२२ मा समूह चरणमा एकै दिन ४ वटासम्म खेल हुने भएका छन् ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको खेल तालिका अनुसार समूह चरणमा एकै दिन ४ खेल हुने भएको छ ।

उक्त तालिका अनुसार समूह चरणका सम्पूर्ण खेल १२ दिनको अन्तरालमा समाप्त हुनेछ । स्थानीय समयअनुसार दिउँसो १ बजे, ४ बजे, साँझ ७ बजे र रातको १० बजे खेल हुनेछन् ।

प्रतियोगिताका खेल हुने ८ रंगशालाहरु एक आपसमा ४० माइलको दूरीमा रहेका छन् । समर्थक र पत्रकारले मैदानमै पुगेर २ खेलसम्म हेर्न सक्नेछन् ।

समूह चरणमा तीन खेलबाहेक हरेक टोलीले ३ दिनको विश्राम प्राप्त हुनेछ । विश्वकपको उद्घाटन समारोह ६० हजर दर्शक क्षमता भएको अल खोरस्थित अल बयत रंगशालामा २१ नोभेम्बरमा हुनेछ ।

प्रतियोगिताको फाइनल खेल दोहास्थित लुसेल रंगशालामा सन् २०२२ को १८ डिसेम्बरमा हुनेछ ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  ५ : ५३ बजे

सल्लाघारीस्थित मुख्य चोकमै जब दुई वटा बस ठोक्किए…

भक्तपुर– भक्तपुर नगरपालिका–१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासि दुई

‘बालेन पाँचै वर्ष प्रधानमन्त्री, सभापतिले पार्टी चलाउनुहुन्छ’

काठमाडौं- लिमा अधिकारी कम्युनिस्ट नेता स्वर्गीय भरतमोहन अधिकारीकी छोरी हुन्

दक्षिण एशियामा कोइलामा निर्भरता, प्रदूषण र स्वास्थ्य जोखिम बढ्दै

एजेन्सी– इरानमा भएको युद्धका कारण तेल र ग्यास आपूर्ति बाधित

चैते छठको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो (तस्बिरहरू)

काठमाडौं– जनकपुरमा चैते छठको तेस्रो दिन आज मंगलबार अस्ताउँदो सूर्यलाई

सुन्दरताको परिभाषा बदल्दै मनिषा

काठमाडौं— ग्ल्यामरको दुनियाँमा नायिकाहरुलाई सुन्दर देखिन निकै ठूलो दबाब हुन्छ