विश्वभर एकै दिन २ लाख ३४ हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण « Khabarhub

विश्वभर एकै दिन २ लाख ३४ हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर एकै दिन २ लाख ३४ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ ।

योसँगै बिहीबार बिहान यो समाचार तयार पार्दा सम्म संक्रमित हुनेको संख्या १ करोड ३६ लाख ९० हजार नाघेको छ ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ७५४ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ५ लाख ८६ हजार ७७६ पुगेको छ ।

एकै दिन १ लाख ८४ हजारभन्दा बढी कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् । बिहीबार यो समाचार तयार पार्दासम्म निको भएका ८० लाख ३६ हजार ६०२ संक्रमितमध्ये १ लाख ८४ हजार १४१ जना पछिल्लो २४ घण्टामा डिस्चार्ज भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९७ हजार ७५४ जनाको मृत्यु भएको छ । २६ लाख १३ हजार ८०९ जना संक्रमित भएकोमा १५ लाख ४६ हजार १६६ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ९० हजार ६८५ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ४२ लाख ३५ हजार ८७५ पुगेको छ । त्यसमध्ये १९ लाख ९२ हजार ८८४ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ७३ हजार ८८९ जनाको मृत्यु भएको छ । ३१ लाख ३१ हजार २८ जना संक्रमित भएकोमा २२ लाख २ हजार २१९ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख १० हजार २७० जनाको मृत्यु भएको छ । ३० लाख ४९ हजार ४४१ जना संक्रमित भएकोमा १९ लाख ४९ हजार ३२० जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १४ हजार २८ जनाको ज्यान गएको छ भने ६ लाख ४६ हजार ८६९ संक्रमित छन् । संक्रमितमध्ये ३ लाख ३५ हजार ७२५ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १३५ जनाको मृत्यु भएको छ । १२ हजार ४७६ जना संक्रमित भएकोमा ९ हजार ६३७ जना संक्रमणमुक्त भएका छन् ।

 

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  ६ : ५० बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको