अमेरिकाका चर्चित नेता, अर्बपति र विभिन्न कम्पनीका ट्वीटर एकाउन्ट ह्याक « Khabarhub

अमेरिकाका चर्चित नेता, अर्बपति र विभिन्न कम्पनीका ट्वीटर एकाउन्ट ह्याक


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकाका चर्चित व्यक्तिहरू एवं कम्पनीका ट्वीटर एकाउन्ट ह्याक भएका छन्।

एउटा ठूलो सङ्गठित साइबर हमलालाबाट पूर्वअमेरिकी राष्ट्रपति बराक ओबामा, राष्ट्रपतिका लागि डेमोक्र्याटिक उमेद्दवार जो बाइडन, अर्बपतिहरू जेफ बेजोस, एलन मस्क, बिल गेट्स, माइकल ब्लुमवर्ग, र्‍यापर कानिय वेस्ट लगायतका ट्वीटर ह्याक गरिएको छ ।

उबर र एपलजस्ता संस्थाहरूसमेत हमलामा परेको बीबीसीले जनाएको छ । ह्याक भएका यी ट्वीटर प्रयोगकर्ताका दशौँ लाख फलोअर्स थिए ।

ओबामा, बाइडन र वेस्टका खातामा झुटा ट्वीटहरू राख्दै मानिसहरूलाई एक हजार डलरको क्रिप्टोकरेन्सी चन्दास्वरूप पठाउन भनिएको थियो।

टेस्ला र स्पेश एक्स कम्पनीका प्रमुख एलन मस्कको आधिकारिक ट्वीटरमा ‘आउँदा केही घन्टामा’ दिइएको डिजिटल वालेटको ठेगानामा पठाइने जति पनि बिटक्वाइनको भुक्तानी दोबर हुने लेखिएको थियो।

ती ट्वीटहरू पोष्ट भएको केहीबेरमा हटाइएका थिए। ह्याक भएका ती एकाउन्टमा थप ट्वीट गर्नबाट रोकिएको छ।

ट्वीटरमा अहिलेसम्मकै ठूलो हमला ठानिएको यस घटनापछि कम्पनीले अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  ८ : ०३ बजे

गोरखामा दलका १२ र तीन स्वतन्त्र उमेदवार प्रतिस्पर्धामा, कसले मार्ला बाजी ?

गोरखा । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

विदेश पठाउने नाममा ३१ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं – रोजगारीका लागि क्रोएशिया र ग्रीस पठाउने भन्दै रु

नेपाल–भारत सीमा सुरक्षा बैठकमा बेहोस भएका एसपी घिमिरेको निधन

काठमाडौं – नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठक चलिरहेका बेला बेहोस

बुढासुब्बा गोल्डकप : झापा–११ क्वाटर फाइनलमा प्रवेश

सुनसरी – धरानमा जारी २६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

गोरखाको लाप्राकवासीले गरे ‘मकै विवाह’

गोरखा – जिल्लाको धार्चे गाउँपालिका–४ लाप्राकका किसानले कृष्ण प्रतिपदाको तिथिमा