पोलोनियम २१० ! सबैभन्दा खतरनाक विष « Khabarhub

पोलोनियम २१० ! सबैभन्दा खतरनाक विष


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

साइनाइडका बारेमा तपाईंले धेरथोर सुन्नु भएको होला । यसलाई विश्वको सबैभन्दा खतरनाक विष मध्ये एक मानिन्छ ।

साइनाइड जस्तै अर्को पनि एक खतरनाक विष छ, जसको एक ग्राम मात्राले पनि हजारौ मानिसलाई मार्न सक्छ । यस विषको नाम हो, पोलोनियम २१० । आखिर के हो त पोलोनियम २१० ?

पोलोनियम २१० एक रेडियो एक्टिभ तत्व हो । यसबाट निस्कने रेडिएसनले मानिसको शरीरका भित्रि अंग साथै डीएनए र इम्यून सिस्टमलाई समेत तीव्र रुपमा नष्ट गर्न सक्छ । तर मृत शरीरबाट यसको उपस्थिति पाउन अत्यन्त मुस्किल हुन्छ ।

पोलोनियम २१० को खोज चर्चित भौतिकविद् र रसायनशास्त्री मैरी क्यूरीले सन् १८९८ मा गरेकि थिइन् । उनी रसायन विज्ञानको क्षेत्रमा रेडियमको शुद्धीकरण (आइसोलेसन अफ प्योर रेडियम)का लागी रसायनशास्त्रमा नोबेल पुरस्कार प्राप्त गर्ने वैज्ञानिक हुन् । यस अलावा क्यूरीलाई रेडियोएक्टिभिटीको खोजका लागि पनि नोबेल पुरस्कार दिइएको थियो ।

शुरुवातमा पोलोनियमको नाम रेडियम एफ राखिएको थियो तर पछि यसको नाम बदलियो । वैज्ञानिकका अनुसार पोलोनियम २१० को नुनको कणभन्दा पनि सानो टुक्रा मानव शरीरमा प्रवेश गरेमा केहि सेकेण्डमा नै मृत्यु हुन्छ ।

यतिसम्म कि यसको सेवनपछि मानिसले यसको स्वादबारे बोल्ने समय समेत नभई उसको मृत्यु हुन्छ ।

केहि तथ्य अनुसार पोलोनियम विषको सिकार यसैको खोजकर्ता मैरी क्यूरीको छोरी ईरीन ज्यूलियट क्यूरी बनेकि थिइन् । उनले यसको एक सानो कण मात्र सेवन गर्नासाथ मृत्यु भएको थियो ।

यस अलावा प्यालेस्टाइनका नेता यासिर अराफातको मृत्युको कारण पनि यहि विष बनेको थियो । यसको परीक्षणका लागी उनको शवलाई कैयौं बर्षपछि कब्रस्थानबाट निकालिएको थियो । स्वीजरल्याण्डका वैज्ञानिकको दाबा अनुसार उनको शवको अवशेषमा रेडियोधर्मी पोलोनियम २१० पाइएको थियो ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  १० : २१ बजे

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप र

यूएईका अमेरिकी अखडामा हमला गर्ने आईआरजीसीको चेतवानी

काठमाडौं- इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड कोर आईआरजीसीले

हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ पहिलो

ललितपुर– महिला सशक्तीकरण तथा स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहितको

एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद, को-को परे ?

काठमाडौं- नेकपा (एमाले) ले समानुपातिक सांसदको सूची टुंग्याएको छ ।

म्याग्दीको धवलागिरि ३ मा ग्रामीण सरसफाइ आयोजना

म्याग्दी– धवलागिरि गाउँपालिका–३ मुनामा ढल व्यवस्थापन आयोजना निर्माण थालिएको छ