राखेपको सदस्यसचिवका लागि नाम दर्ता गराउने को को ? नामसहित « Khabarhub

राखेपको सदस्यसचिवका लागि नाम दर्ता गराउने को को ? नामसहित


१ श्रावण २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिवका लागि निवर्तमान सदस्यसचिव रमेश कुमार सिलवालसहित १२ जनाले नाम दर्ता गराएका छन् ।

सदस्यसचिवका लागि आवेदन दिने १२ मध्ये तीन जना महिला छन् भने ८ जना पुरुष उम्मेदवारले नाम दर्ता गराएका छन् ।

बिहीबार दिउँसोसम्म सदस्य सचिवका लागि आवेदन दिन पाउने समय सीमा तोकिएको छ । युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजगत्वको सदस्यसचिव सिफारिस समितिले आवेदक मध्येबाट एक महिलासहित ३ जनाको नाम मन्त्रालयमा सिफारिस गर्नेछ ।

गएको शुक्रबार सदस्यसचिव नियुक्त कार्यविधि बनाउँदै मन्त्रालयले दरखास्त आव्हान गरेको थियो । यसरी खुल्ला प्रतिस्पर्धाबाट सदस्य सचिव नियुक्त हुन लागेको यो पहिलो पटक हो ।

यसअघि मन्त्रालयको सिफारिसमा सरकारले सदस्यसचिव तोक्ने गरेको थियो ।

अहिलेसम्म सदस्य सचिवका लागि आवेदन दिने आवेदकहरु
रोशन महर्जन
अनिल अधिकारी
हर्क बहादुर राई
मिना श्रेष्ठ
शिवराज भट्ट
लिल बहादुर थापा
रविराज कणिकार
अच्युत लामिछाने
निलम बज्राजार्च
रमेश कुमार सिलवाल
मेघराज पौडेल
अन्जु श्रेष्ठ

प्रकाशित मिति : १ श्रावण २०७७, बिहिबार  १० : २८ बजे

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

झापा– झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन

व्यवसायीको निधनले शोकमा वालिङ

स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा

सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि आवेदन दिन २१ दिनको समय

काठमाडौँ– सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई

कात्तिक १५ गतेपछि मात्र धान काट्न कृषि विकास कार्यालयको आग्रह

धादिङ– कृषि विकास कार्यालय धादिङले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर