लामखुट्टेको टोकाइबाट बच्ने घरेलु उपाय « Khabarhub

लामखुट्टेको टोकाइबाट बच्ने घरेलु उपाय


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गर्मी मौसमको सबैभन्दा ठुलो समस्या मध्ये एक हो, लामखुट्टेको टोकाइ । यस मौसममा लामखुट्टेहरू बढी सक्रिय हुने भएकाले यसको टोकाइबाट विभिन्न रोग लाग्ने गर्दछ ।

लामखुट्टेको भगाउने अनेकौं धूप र लिक्विडहरू नभएका होइनन् । तर यसमा हुने केमिकलले कतिपय अवस्थामा स्वास्थ्यमा असर पार्ने गर्दछ । तसर्थ लामखुट्टे भगाउन केही घरेलु उपायहरू अपनाउनु उपयुक्त हुनसक्छ ।

तुलसी
प्राय: हिन्दुहरुको घरै पिच्छे हुने तुलसीलाई भगवानका रुपमा पुज्ने गरिन्छ । यही तुलसी घरआगनमा हुँदा यसबाट आउने सुगन्धका कारण लामखुट्टे भाग्ने गर्दछन् ।

ल्वाङ र कागती

एक राम्रो कागतीलाई बीचमा काटेर त्यसभित्र ७/८ वटा ल्वाङ राखेर लामखुट्टे हुने कुनाहरुमा राखेमा यसले लामखुट्टे भगाउँछ ।

लसुन र ल्वाङ
७/८ वटा ल्वाङ र लसुनका ४/५ वटा टुक्रालाई पिसेर पानीमा उमाल्ने र केहिबेर सेलाउने । त्यसपछि उक्त घोललाई छानेर सफा बोतलमा राखेर लामखुट्टे लाग्ने स्थानमा स्प्रेको रुपमा प्रयोग गर्दा लामखुट्टे भाग्दछन् ।

नीम
एन्टीब्याक्टेरियल गुण भएको नीमलाई प्राकृतिक औषधि पनि मानिन्छ । सफा नीमको पातलाई पिसेर बनाइएको लेपलाई छालामा दल्दा लामखुट्टेले टोक्दैन ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  १० : ५२ बजे

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले