काठमाडौं उपत्यकामा बढ्दैछ सार्वजनिक यातायात | Khabarhub Khabarhub

काठमाडौं उपत्यकामा बढ्दैछ सार्वजनिक यातायात



काठमाडौं । साढे ती महिनापछि काठमाडौं उपत्यकाका सडकमा सार्वजनिक सवारीसाधन बिस्तारै चल्न थालेका छन् । अहिले एकपछि अर्को कम्पनीका गाडी सडकमा देखिन थालेका छन् ।

गत बिहीबार सरकारले स्थानीय यातायाताका लागि सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको थियो । अहिले उपत्यकाका सडकमा यातायात कम्पनीहरू मयुर, संयुक्त, जुनेली, सुन्दर लगायतले सेवा दिन थालेका छन् ।

बाबा गोकर्णेश्वर यातायात र साझा यातायातले बिहीबार सीमित रुटमा सेवा सुरु गरेका छन् । सरकारको निर्णयअनुसार साझा यातायातले यात्रुलाई सेवा दिन थालेको संस्थाका कार्यकारी अधिकृत भुषण तुलाधरले बताए ।

साझा यातायातमा ७१ वटा बस छन्, जसमध्ये ६७ वटा उपत्यकाभित्र र ४ वटा बस लामो दूरीमा चल्छन् । अहिले साझाले थोरै बसबाट सेवा सुरु गरेको छ ।

सुन्दर यातायात सहकारी संस्थाले गत मंगलबारदेखि २ वटा रुटमा विद्युतीय बस सञ्चालन गरेको छ ।

कम्पनीका अध्यक्ष भेषबहादुर थापाले सरकारले ५० प्रतिशत बढी भाडा लिनू भनेको भए पनि साविककै भाडादरमा यात्रुलाई सेवा दिएको बताए । उनले भने, ‘अहिले जनतालाई सेवा दिने र बजारमा चहलपहल बढाउने हो, फाइदा हेर्ने होइन ।’

बसमा सरकारले तोकेअनुसार सुरक्षा मापदण्ड अपनाएको पनि उनले बताए । यात्रु, चालक र सहचालकका लागि सुरक्षाको उचित व्यवस्था गरेको र हरेक फन्कोमा बस निःसंक्रमण गराएको थापाको भनाइ छ ।

४४ वटा बस चलाउने तयारीमा मयुर

सोमबार सेवा सुरु गरेको मयुर यातायातले २४ वटा सञ्चालन गर्ने बताएको छ । अहिले मयुरका १३ वटा बसले सेवा दिइरहेका छन् । केही दिनमा ४४ वटै बस सञ्चालन गर्ने तयारी भइरहेको मयुर यातायात कम्पनीले जनाएको छ ।

मयुर यातायातका बस अहिले काठमाडौं, ललितपुर र भक्तपुरका सडकमा गुडिरहेका छन् । कम्पनीले काभ्रेको धुलिखेलसम्म बस चलाउन अनुमतिका लागि गृहमन्त्रालयलाई आग्रह गरेको छ ।

महासंघमा छलफल जारी

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले सवारीसाधनमा चालक, सहचालक र यात्रुको स्वास्थ्य सुरक्षाका विषयमा छलफल भइरहेको जनाएको छ ।

‘गाडी कसरी डिसइन्फेक्सन गर्ने र यात्रुको सुरक्षा कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको छ,’ महासंघका वरिष्ठ उपाध्यक्ष दीपक अधिकारीले भने, ‘यसको निचोड निस्किएपछि सेवा सुरु हुनेछ ।’

सरकारले ५० प्रतिशतसम्म बढी भाडा लिन अनुमति दिएको छ । भाडाभन्दा पनि यात्रुको स्वास्थ्यसँग जोडिएको विषय भएकाले महासंघ छलफलमै रहेको वरिष्ठ उपाध्यक्ष अधिकारीले बताए ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  ६ : १४ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर