काठमाडौं उपत्यकामा बढ्दैछ सार्वजनिक यातायात « Khabarhub

काठमाडौं उपत्यकामा बढ्दैछ सार्वजनिक यातायात



काठमाडौं । साढे ती महिनापछि काठमाडौं उपत्यकाका सडकमा सार्वजनिक सवारीसाधन बिस्तारै चल्न थालेका छन् । अहिले एकपछि अर्को कम्पनीका गाडी सडकमा देखिन थालेका छन् ।

गत बिहीबार सरकारले स्थानीय यातायाताका लागि सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको थियो । अहिले उपत्यकाका सडकमा यातायात कम्पनीहरू मयुर, संयुक्त, जुनेली, सुन्दर लगायतले सेवा दिन थालेका छन् ।

बाबा गोकर्णेश्वर यातायात र साझा यातायातले बिहीबार सीमित रुटमा सेवा सुरु गरेका छन् । सरकारको निर्णयअनुसार साझा यातायातले यात्रुलाई सेवा दिन थालेको संस्थाका कार्यकारी अधिकृत भुषण तुलाधरले बताए ।

साझा यातायातमा ७१ वटा बस छन्, जसमध्ये ६७ वटा उपत्यकाभित्र र ४ वटा बस लामो दूरीमा चल्छन् । अहिले साझाले थोरै बसबाट सेवा सुरु गरेको छ ।

सुन्दर यातायात सहकारी संस्थाले गत मंगलबारदेखि २ वटा रुटमा विद्युतीय बस सञ्चालन गरेको छ ।

कम्पनीका अध्यक्ष भेषबहादुर थापाले सरकारले ५० प्रतिशत बढी भाडा लिनू भनेको भए पनि साविककै भाडादरमा यात्रुलाई सेवा दिएको बताए । उनले भने, ‘अहिले जनतालाई सेवा दिने र बजारमा चहलपहल बढाउने हो, फाइदा हेर्ने होइन ।’

बसमा सरकारले तोकेअनुसार सुरक्षा मापदण्ड अपनाएको पनि उनले बताए । यात्रु, चालक र सहचालकका लागि सुरक्षाको उचित व्यवस्था गरेको र हरेक फन्कोमा बस निःसंक्रमण गराएको थापाको भनाइ छ ।

४४ वटा बस चलाउने तयारीमा मयुर

सोमबार सेवा सुरु गरेको मयुर यातायातले २४ वटा सञ्चालन गर्ने बताएको छ । अहिले मयुरका १३ वटा बसले सेवा दिइरहेका छन् । केही दिनमा ४४ वटै बस सञ्चालन गर्ने तयारी भइरहेको मयुर यातायात कम्पनीले जनाएको छ ।

मयुर यातायातका बस अहिले काठमाडौं, ललितपुर र भक्तपुरका सडकमा गुडिरहेका छन् । कम्पनीले काभ्रेको धुलिखेलसम्म बस चलाउन अनुमतिका लागि गृहमन्त्रालयलाई आग्रह गरेको छ ।

महासंघमा छलफल जारी

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले सवारीसाधनमा चालक, सहचालक र यात्रुको स्वास्थ्य सुरक्षाका विषयमा छलफल भइरहेको जनाएको छ ।

‘गाडी कसरी डिसइन्फेक्सन गर्ने र यात्रुको सुरक्षा कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको छ,’ महासंघका वरिष्ठ उपाध्यक्ष दीपक अधिकारीले भने, ‘यसको निचोड निस्किएपछि सेवा सुरु हुनेछ ।’

सरकारले ५० प्रतिशतसम्म बढी भाडा लिन अनुमति दिएको छ । भाडाभन्दा पनि यात्रुको स्वास्थ्यसँग जोडिएको विषय भएकाले महासंघ छलफलमै रहेको वरिष्ठ उपाध्यक्ष अधिकारीले बताए ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  ६ : १४ बजे

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु