सानिमा बैंकको अगुवाई र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सह–अगुवाईमा सिजी सिमेन्टमा लगानी « Khabarhub

सानिमा बैंकको अगुवाई र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सह–अगुवाईमा सिजी सिमेन्टमा लगानी


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सानिमा बैंकको अगुवाई र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सह–अगुवाईमा थुप्रै बाणिज्य बैंकहरुले सि.जी. सिमेन्टमा लगानी गरेका छन् ।

ग्लोबल आईएमई बैंक, कुमारी बैंक, सनराइज बैंक, प्रभु बैंक, नेपाल बैंक, सेञ्चुरी बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, र नेपाल एसबिआई बैंक समेतको सहभागितामा सि.जी. सिमेन्ट इन्डष्ट्रिज पाल्पाको क्लिङकराइजेसन प्लान्सको क्षमता १९५० टिपीडीबाट २९५० टिपीडीमा विस्तार गर्न आवश्यक थप कर्जा सम्झौता भइसकेको छ ।

सहभागी बैंकहरुबीच रु.२ अर्ब ३७ करोड ८० लाख गरी कुल रु. ९ अर्ब ६ करोड ३० लाख लगानी गर्न मिति २०७४ पौष ७ मा भएको सहवित्तीयकरण सम्झौतामा मिति २०७७ आषाढ ३० गते पुरक सहवित्तीयकरण सम्झौता सम्पन्न भएको हो ।

उक्त समारोहमा अगुवा बैकको तर्फबाट सो बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहाल, सह–अगुवा बैंकका तर्फबाट सो बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे लगायतको सहभागितामा ऋणी कम्पनीका तर्फबाट कम्पनीका अध्यक्ष निर्वाण कुमार चौधरी र अगुवा बैंकका तर्फबाट प्रमुख परियोजना लगानी अधिकृतसरोज गुरागाईले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  ७ : २९ बजे

मौन अवधिमा केके गर्न पाइँदैन ?

काठमाडौं – बिहीबार हुने प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरु

आयल निगमले भन्यो- इन्धन नियमित हुन्छ, अनावश्यक भण्डारण नगर्नु

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले

तराईका जिल्लामा आज होली

काठमाडौं – रङहरूको पर्व होली आज तराईका जिल्लामा हर्षोल्लासपूर्वक मनाइँदैछ

निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय