सरकारविरुद्ध प्रतिरोधात्मक कारबाही थाल्न महासचिव ‘विप्लव’को निर्देशन « Khabarhub

सरकारविरुद्ध प्रतिरोधात्मक कारबाही थाल्न महासचिव ‘विप्लव’को निर्देशन


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टी पङ्क्तिलाई सरकारविरुद्ध प्रतिरक्षात्मक तथा प्रतिरोधात्मक करबाही थाल्न निर्देशन दिएका छन्।

विहीबार विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले सरकारले पार्टी केन्द्रीय सदस्य तथा सेती-महाकाली ब्युरो इन्चार्ज ओमप्रकाश पुन, पार्टी सेती-महाकाली ब्युरो सदस्य तथा महिला केन्द्रीय सदस्य पूर्णिमा धामी र मेची-कोसी ब्युरो सदस्य जोखिमलाई गिरफ्तार गरेको भन्दै प्रतिरक्षात्मक तथा प्रतिरोधात्मक करबाही थाल्न निर्देशन दिएका हुन् ।

महासचिव विप्लवले पुन, धामी र जोखिमलाई बिनासर्त रिहाइको माग गर्दै सरकारी चालबाजीको भ्रममा नपर्न पार्टी पङ्क्तिलाई निर्देशन दिएका छन्।

नेता ओमप्रकाश पुन र पुनकी श्रीमती पूर्णिमा धामीलाई प्रहरीले बुधबार कैलालीबाट गिरफ्तार गरेको थियो।

यस्तो छ विज्ञप्ति

 

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  ८ : ४७ बजे

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ

स्वागत नेपाल राप्रपाबाट टिकट लिएर सभामुख घिमिरेविरुद्ध झापा–२ मा प्रतिस्पर्धा गर्ने

झापा- ‘स्वागत नेपाल’ नामले परिचित भद्रप्रसाद नेपालले फेरि झापा क्षेत्र

सरकारले मानव–बाघ अन्तरसम्बन्ध व्यवस्थापन परियोजनाका लागि अमेरिकी अनुदान स्वीकार गर्ने

काठमाडौं– सरकारले मानव–बाघ अन्तरसम्बन्ध व्यवस्थापन परियोजनाका लागि प्राप्त हुने अमेरिकी

प्रचण्डले छाडेको गोरखा २ मा बाबुराम र चक्रे मिलनको भिडन्त

गोरखा- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई गोरखा क्षेत्र नम्बर २ बाट

काठमाडौंमा त्रिदेशीय ‘आर्ट फर पिस’ कला प्रदर्शनी

काठमाडौं– नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, समसामयिक चित्रकला विभाग र बङ्गलादेश आर्टिस्ट ग्रुपको