राजनीतिक पकडका थापामगरदेखि सिलवालसम्म ‘खेलकुद नेतृत्व’को दौडमा « Khabarhub

राजनीतिक पकडका थापामगरदेखि सिलवालसम्म ‘खेलकुद नेतृत्व’को दौडमा


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सम्भवतः आगामी साता १९ औं सदस्य सचिव पाउनेछ ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार सदस्य सचिवका लागि खुलाइएको दरखास्त अनुसार २७ जनाले आवेदन दिएका छन् ।

तोकिएको समयावधिभित्र  निवर्तमान सदस्य सचिव रमेशकुमार सिलवालसहित २७ जनाको आवेदन परेको हो ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रशाद थपलिया नेतृत्वको सदस्य सचिव छनोट समितिले विहीबारबाट आवेदनहरुमाथि अध्ययन थालेको छ ।

समितिले २७ जनामध्येबाट सदस्य सचिवका लागि उपयुक्त एक महिला सहित तीन जनाको नाम सिफारिस गर्नेछ ।

उक्त तीन जनालाई युवा तथा खेलकुद मन्त्रीले मन्त्रिपरिषद् समक्ष पेश गर्नेछन् भने मन्त्रिपरिषद्ले तीन जनामध्येबाट एक जनालाई राखेपको आगामी चार वर्षका लागि नियुक्त गर्नेछ ।

पहिलो पटक खुल्ला आवेदन

नेपाली खेलकुदको सर्वोच्च निकायका रुपमा रहेको राखेपको सदस्य सचिवका लागि यसअघि राजनीतिक नियुक्तिबाट सिफारिस गरिने भएपनि पहिलोपटक आवेदन खुलाइएको हो।

नयाँ ऐनले सदस्य सचिवका लागि नयाँ प्रयोगको शुरु गर्दै खुला दरखास्त आह्वान गरेको हो ।

सदस्य सचिवमा नयाँ प्रयोगका रुपमा दरखास्द आह्वान गर्दा ३० वर्ष उमेर पूरा भएको नेपाली नागरिक जसले खेल क्षेत्रमा ५ वर्षको कम्तीमा पनि अनुभव बटुलेको र स्नातक उत्तीर्ण हुनुपर्ने लगायतका योग्यता तोकेको थियो ।

पहिलो पटक खुला आवदेन मागिएपछि सदस्य सचिवका लागि तीन जना महिलाले समेत दर्खास्त दिएका छन् ।

नेतृत्वका लागि राजनीतिक टक्कर उस्तै

यसअघि मन्त्रीले सोझै सदस्य सचिव नियुक्त गर्ने प्राबधान भए पनि अहिले खुला आवेदन माग गरिएका कारण जिम्मेबारी कसले पाउने हो भन्ने टुंगो छैन ।

२७ जना मध्ये निवर्तमान सदस्य सचिव रमेश शिलवाल, लिल बहादुर थापामगर, मेघराज पौडेल र सुदिल शाही बढी चर्चामा छन् ।

थापामगर सत्तारुढ पार्टीमा बलियो पकट रहेका व्यक्ति हुन् । उनी तत्कालीन नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य हुन् भने हाल नेकपा केन्द्रीय सदस्य छन् ।

यस्तै, यसअघि तत्कालीन नेकपा एमालेको खेलकुद महाशाखाका सदस्यका रुपमा काम गरिसकेका मेघराज पौडेलको सम्भावना पनि उत्तिकै छ ।

अहिले पौडेल उच्च पर्वतारोहण महासंघका महासचिव रहेका छन् ।

कतिले निवर्तमान सदस्य सचिवको आवेदन परेसँगै अबको सदस्य सचिव सिलवाल नै हुने आँकलन समेत गरेका छन् ।

त्यसैगरी नेकपा अध्यक्ष तथा प्रधानमन्त्री निकट रहेका सिलवालको उम्मोदवारीसँगै नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का टेबल टेनिस प्रशिक्षकसमेत रहेका सुदिल शाहीको पनि आवेदन परेका कारण राजनीतिक रुपमा पनि कडा टक्कर हुने देखिएको छ ।

तर, सिलवालले १३ औं साग सफलतापूर्वक सम्पन्न गरेको र एक वर्षको कार्यकाल पनि पूरा गर्न नपाएका कारण उनलाई नै दोहोर्‍याइने कतिपयले अनुमान लगाएका छन् ।

यस्तै, स्पोर्टस साइन्समा विद्यावारिधि गरेका अच्युतम लामिछाने पनि राखेपका लागि उपयुक्त हुनसक्ने विश्लेषण पनि भइरहको छ ।

कार्यअनुभव तथा राजनीतिक टक्करकाबीच सदस्यसचिवका लाग कडा प्रतिस्पर्धा देखिए पनि सदस्यसचिवको जिम्मेवारी कसले पाउने हो भन्नेबारे छनोट समितिको स्वतन्त्र चयन र मन्त्रिपरिषदको निणर्य नै कुर्नु पर्ने हुन्छ ।

२७ मध्ये तीन जना महिला 

खेलकुदको नेतृत्वका लागि २४ पुरुषहरुको आवेदन पर्दा ३ जना महिलाहरुले आवेदन दिएका हुन् ।

जसमा राष्ट्रिय भलिबल टोलीकी पूर्व कप्तान अन्जु श्रेष्ठ, भलिबलकै राष्ट्रिय टोलीकी पूर्व खेलाडी निलम सिंह बज्राचार्य र खेलकुदको पृष्ठभूमि नभएकी मिना श्रेष्ठ रहेका छन् ।

यी तीनमध्ये सदस्य सचिवको लागि छनोटको अन्तिम तीनमा एक जना पर्ने पक्का छ । किनकी ऐनले सदस्य सचिवको अन्तिम तीन जनामा कम्तिमा एक जना महिला अनिवार्य हुनु पर्ने स्पष्ट व्यवस्था गरेको छ ।

आवेदन दिनेहरुको सूची

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  १० : ३८ बजे

पत्रकारले कलमको शक्ति र लेखनको सार्थकतामा ध्यान दिनुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

पाटन– पूर्वप्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पत्रकारहरूले कलमको शक्ति र लेखनको  सार्थकतामा

हिमालयमा जलवायु परिवर्तनका प्रभावबारे ब्रसेल्समा संवाद

काठमाडौं– सगरमाथा दिवसको अवसर पारेर बेल्जियमस्थित नेपाली राजदूतावासले शुक्रबार युरोपेली

‘इजरायली आक्रमणले लेबनानमा राहत र उद्धार कार्य प्रभावित’

एजेन्सी– दक्षिणी लेबनानमा इजरायली सेनाले आक्रमण तीव्र बनाउँदै जाँदा आपतकालीन

जन्मथलो छाड्न बाध्य युवाको कथामा आधारित ‘कर्णाली तिर’ सार्वजनिक (भिडियो)

काठमाडौं– गायक अर्जुन सुनारको नयाँ गीत ‘कर्णाली तिर’ को म्युजिक

विद्युतमा कर लगाउने सरकारको निर्णयप्रति कुलमानको आपत्ति, तत्काल फिर्ता लिन माग

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५०