ट्रम्पका भाइ सिकिस्त बिरामी « Khabarhub

ट्रम्पका भाइ सिकिस्त बिरामी


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्प सिकिस्त बिरामी भएका छन् ।

न्यूयोर्क सिटीको अस्पतालमा उपचाररत रोबर्टको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

यसैबीच राष्ट्रपति डोनाल्ड ट्रम्प न्यूयोर्क सिटी अस्पताल पुगेर भाइ रोबर्टलाई भेटेका छन् ।   स्थानीय समय अनुसार शुक्रबार अपराह्न मास्क लगाएर अस्पताल पुगेका ट्रम्पले रोबर्टको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

करिव ४५ मिनेट अस्पतालमा बसेका ट्रम्पले रोबर्टको अवस्था गम्भीर रहेको बताएका छन् । रोबर्टले राष्ट्रपति ट्रम्पको रियल–स्टेड बिजेनेश सम्हाल्दै आएका छन् । रोबर्ट सिकिस्त बिरामी भनिए पनि उनलाई के भएको हो भन्नेबारे केही पनि खुलाइएको छैन ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ६ : ३३ बजे

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले

पत्रकार धरपकड अलोकतान्त्रिक प्रवृत्ति हो: एमाले प्रचार विभाग प्रमुख आचार्य

काठमाडाैँ नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

पत्रकार गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा हो: कांग्रेसका महामन्त्री पौडेल

काठमाडाैँ – समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै भरमा प्रहरी

पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका सोधपुछ, धरपकड