पर्सामा थप ४७ जनामा कोरोना भाइरसको संक्रमण « Khabarhub

पर्सामा थप ४७ जनामा कोरोना भाइरसको संक्रमण


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा – पर्सामा थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा शनिबार राति गरिएको परीक्षणमा ८ देखि ७० वर्ष उमेर समूहका ४७ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पताल प्रशासनका अनुसार संक्रमित हुनेमा १० महिलासहित ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ । संक्रमित अधिकांश पर्सा जिल्लाकै छन् । २ जना बाराका बाहेक अरू ४५ जना पर्साकै व्यक्तिहरूमा संक्रमण पुष्टि भएको हो ।

नारायणी अस्पतालका डाक्टर उदनारायण सिंहका अनुसार संक्रमित हुनेमा नारायणी अस्पतालमा कार्यरत विभिन्न वार्डका ७ जना कर्मचारी पनि रहेका छन् ।  यस्तै एक जना पत्रकार, प्राइम फर्माका ६ जना पुरुष कर्मचारी, वयोधा अस्पतालका ३ जना कर्मचारी, नारायणी अस्पतालको आईसीयूमा अपचारारत २२ बर्षका १ जना पुरूष र ४२ वर्षका १ जना मृगौला रोगीमा पनि संक्रमण पुष्टि भएको छ ।

यस्तै वीरगञ्ज महानगरपालिका १३ जना, पोखरिया नगरपालिकाका १२ जना, बहुदरमाइ नगरपालिका १ जना पुरुष तथा  बाराको  महागढीमाई र कलैयाका एक/एक जना पुरूषमा संक्रमण पुष्टि भएको डा.सिंहले जानकारी दिए ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ७ : ३२ बजे

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी