नागिनको अवतारमा मनिषादेखि श्रीदेवीसम्म आउँदा फिल्म सुपरहिट | Khabarhub Khabarhub

नागिनको अवतारमा मनिषादेखि श्रीदेवीसम्म आउँदा फिल्म सुपरहिट


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड होस् वा भारतीय टेलिभिजन नाग र त्यसमा आधारित कथाले स्थान पाउने गरेका छन् ।

एकता कपूरको चर्चित टेलिभिजन सिरीयल नागिनको हरेक वर्ष झै कुनै न कुनै टेलिभिजन पर्दा पाउने गरेको छ ।

नाग, नागिनको कथालाई फिल्मी पर्दामा भारतीय दर्शकले निकै रुचाएका छन् । यस अलावा बलिउडमा समेत नागिनका बिषयमा फिल्म बन्ने गरेको छ ।

आज हामी नागिनका बिषयमा बनेका बलिउडका केहि चर्चित फिल्मको चर्चा गर्नेछौ :

१. तुम मेरे हो
करियरको शुरुवातमा आमिर खान अहिले जस्तो उत्कृष्ट अभिनयको छाप छोड्न सकेका थिएनन् । त्यसैले उनी अलग अलग रोलका फिल्म गर्दथे ।

उनले नागिनको बिषयमा बनेको फिल्म तुम मेरे हो मा जूही चावलाका साथ काम गरेका थिए । यो फिल्ममा जुही नागिनको भूमिकामा थिइन् र आमिर उनीसँग प्रेम गर्दथे ।

२. शेषनाग
बलिउडको सफल चलचित्र मध्ये एक शेषनागमा दुई इच्छाधारी नागको बिषयमा फिल्म बनाइएको थियो ।

शेषनागका पछि एक अघोरी लागि परेका थिए । यस फिल्ममा पुरानो जमानाकी चर्चित अभिनेत्री रेखाको अभिनय थियो ।

३. नाचे नागिन गली गली
मीनाक्षी शेषाद्रीले नागिनको भुमिका निभाएको फिल्म नाचे नागिन गली गली पनि निकै चर्चित थियो ।

यस फिल्ममा भारतीय टेलिभिजनमा कृष्णको भूमिकाबाट चर्चामा आएका अभिनेता नितीश भारद्वाज समेत नागको भूमिकामा थिए । यसमा नागमणीको विषयलाई केन्द्र बनाइएको थियो ।

४. नागिन
मल्टी स्टारर फिल्म नागिनमा रीना राय स्टाइलिस भूमिका देखा परेकि थिइन् । फिल्ममा उनी प्रेमीको बदला लिने नागिन बनेकी थिइन् । सन् १९७६ मा रिलिज भएको यो फिल्म सुपरहिट भएको थियो । यस फिल्मबाट रीनाले फिल्म फेयर वेष्ट फिमेल एक्टर पाएकि थिइन् ।

५. नगीना
चर्चित मै तेरी दुश्मन गीत भएको फिल्म नगिनामा श्रीदेवी नागिनको भूमिकामा थिइन् । सन् १९८६ को ब्लकबस्टर फिल्म नगिना यति हिट भयो कि ३ बर्षपछि यसको सीक्वेल निगाहे बनाइएको थियो । तर श्रीदेवीको अभिनय भएर पनि निगाहे बक्स अफिसमा सफल रहन सकेन ।

६. जानी दुश्मन : एक अनोखी कहानी
जानी दुश्मन : एक अनोखी कहानीको कथा शीर्षक अनुसार अनौठो थियो । मनीषा कोइराला र अरमान कोहलीले यस फिल्ममा नाग नागिनको भुमिका निर्वाह गरेका थिए । मल्टि स्टारर यस फिल्म सुपरहिट भएको थियो ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ९ : ५५ बजे

प्रतिपक्षीको विरोधपछि मधेस प्रदेशसभा अवरुद्ध

जनकपुर– मधेस प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान