कोरोना संक्रमणबाट विराटनगरकी ५० वर्षीया महिलाको मृत्यु « Khabarhub

कोरोना संक्रमणबाट विराटनगरकी ५० वर्षीया महिलाको मृत्यु


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर – कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । विराटनगर तीनपैनीकी महिलाको धरानमा निधन भएको छ ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत उनको निधन भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

सापकोटाका अनुसार कोरोना संक्रमित ५० वर्षीया महिलालाई विराटनगरको न्यूरो अस्पतालबाट अत्यधिक ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि शनिबार धरान रिफर गरिएको थियो ।

ती महिलाको आइतबार बिहान १२ बजेर ३० मिनेटमा निधन भएको हो । प्रवक्ता डा. सापकोटाका अनुसार मृतक महिलामा दीर्घकालीन रोगसँगै फोक्सो र थाइराइडको समस्या थियो । शव व्यवस्थापनको तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमणबाट मृतकको संख्या १० पुगेको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  १० : २९ बजे

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन