मोटरसाइकलसहित नदीमा खस्दा एकको मृत्यु, एक बेपत्ता « Khabarhub

मोटरसाइकलसहित नदीमा खस्दा एकको मृत्यु, एक बेपत्ता


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- सानो राप्ती नदीमा मोटरसाइकल खस्दा दाङमा गएराति एक जनाको ज्यान गएको छ ।

दुर्घटनामा एक बेपत्ता भएका छन् । लु५७प ११०० नम्बरको मोटरसाइकलमा लमहीबाट–गढवा जाँदै गर्दा गएराति करिब ११ बजेको समयमा बलरामपुरस्थित सानो राप्ती नदीको पुलमा ठोक्किँदा मोटरसाइकलसहित दुवै जना नदीमा खसेको वडा प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक प्रज्वल थपलियाले बताए।

घटनामा दाङको गढवा गाउँपालिका–७ चन्दनपुर निवासी २६ वर्षीय सुरजनारायण चौधरी मृतावस्थामा फेला परेका छन् भने मोटरसाइकलमा उनीसँगै सवार सोही ठाउँका २७ वर्षीय मनोज चौधरी बेपत्ता भएका छन् ।

बेपत्ता मनोजको सशस्त्र प्रहरीको गोताखोरद्वारा खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । मृतकको शवलाई लमही अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ११ : ३६ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना