सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखका नाममा कारण देखाऊ आदेश | Khabarhub Khabarhub

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखका नाममा कारण देखाऊ आदेश


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- उच्च अदालत दिपायल राजपुरले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीसहित प्रहरी उपरीक्षक दिलीपसिंह देउवा र सम्बन्धित कार्यालयका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।

उच्च अदालत दिपायल राजपुरका न्यायाधीश शेषराज सिवाकोटीको एकल इजलासले नायब महानिरीक्षक सुवेदीसहित तत्कालीन जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक देउवा, सङ्घीय प्रहरी एकाइ कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय अछामका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।

आफूमाथि षड्यन्त्र गरेर झुटा मुचुल्का र प्रतिवेदन बनाएर जागिरबाट निकालेको भन्दै अछाममा कार्यरत तत्कालीन प्रहरी जवान दीपेन्द्र भट्टले उच्च अदालत दिपायल राजपुरमा पुनःवहालीका लागि रिट निवेदन दायर गरेपछि सोही रिटमाथि सुनवाइ गर्दै अदालतले यस्तो आदेश जारी गरेको उच्च अदालत दिपायल राजपुरका रजिष्ट्रार रणबहादुर कटवालले बताए । उनले भने, “झुटा मुचुल्का र प्रतिवेदन बनाएर जागिरबाट निकालेको र पुनःवहालीका लागि प्रहरी जवान दीपेन्द्र भट्टले रिट दायर गरेका कारण उक्त रिटको सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी भएको छ, कारणबारे जानकारी आउँछ होला ।”

उता सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले उच्च अदालतमा रिट निवेदन दर्ता गर्ने प्रहरी जवान भट्टले प्रहरी नियमावली तथा आचरणविपरीत काम गरेकाले जागिरबाट बर्खास्त गरिएको जिकिर गरे ।

उनले भने, “भट्टजीले प्रहरी आचरण र नियमावलीविपरीत काम गरेकाले जागिरबाट हटाइएको हो, उहाँलाई हामीले चित्त नबुझे ३५ दिनभित्र अदालत जान पत्र दिएका थियौँ, अदालत जानु भएछ, हामी अदालतमा कुन कारणले उहाँलाई जागिरबाट हटाइएको हो सबै पेश गछौँ ।”

जिल्ला प्रहरी कार्यालय अछामबाट घर बिदा गएका प्रहरी जवान भट्टलाई घर बिदाबाट फर्किएपछि प्रहरी प्रमुखले हाजिर हुन नदिएर ६० दिन गैरहाजिर रहेको भनी सेवाबाट हटाएको आरोप लागेको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ११ : ४५ बजे

मिथिलामा आज जितिया पर्वको ‘ओगटन’

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा जितिया पर्व लागेको छ

संसद विघटन असंवैधानिक : नेपाल बार 

काठमाडौं– नेपाल बार एशाेसिएशनले राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको संसद विघटनको

भोजपुरका विपन्न परिवारले पाए ‘जस्तापाताको छानो’

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ६ कोटका आर्थिक अवस्था कमजोर भएका

महाकाली अस्पतालमा ‘सिटी स्क्यान’ सेवा थपियो

कञ्चनपुर– कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा थपिएको

नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदम : बेलायत

काठमाडौं– संयुक्त अधिराज्य बेलायतले नेपालमा गत हप्ताको घटनाक्रमपछि पूर्वप्रधानन्यायाधीश सुशीला