काठमाडौं महानगरक्षेत्रभित्र ७५२ जना कोरोना पोजेटिभ « Khabarhub

काठमाडौं महानगरक्षेत्रभित्र ७५२ जना कोरोना पोजेटिभ

वडा २ मा कोरोना संक्रमण भएका बिरामी देखिएका छैनन्


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साउन २९ गतेसम्म काठमाडौं महानगरको जनस्वास्थ्य महाशाखामा प्राप्त विवरणअनुसार कोरोना पोजेटिभ हुने व्यक्तिको संख्या ७५२ र मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

यस अवधिमा पोजेटिभ देखिएका व्यक्तिको प्रत्यक्ष सम्पर्कमा भएका १ हजार ५५४ जनाको कन्ट्याक ट्रेसिङ् गरिएको छ ।

जसमध्ये ५८ जनामा कोरोना पोजेटिभ देखिएको छ । यो संख्यामध्येको धेरै साउन १५ पछिको केस हो । यसकारण निको भएर फर्कनेको संख्या आउन बाँकी छ ।

जनस्वास्थ्य महाशाखाका वरिष्ठ कविराज निरीक्षक ज्ञानबहादुर ओली भन्छन्, ‘यो संख्यामा केही तलमाथि हुन्छ । ठूला अस्पतालको विवरण महानगरमा आएको छैन ।’

सर्वोच्च अदालत, नेपाल प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका कार्यालयहरुमा परीक्षण गरिएको थियो ।

यसरी गरिएका परीक्षणमध्ये केहीको संख्या महानगरलाई उपलब्ध गराइएको छ भने केहीको संख्या प्राप्त हुन सकेको छैन । यसकारण संख्यामा केही तलमाथि हुनसक्छ ।

ओलीकाअनुसार संक्रमण बढ्दो दरमा रहेकाले पनि संख्या छिनमै तलमाथि हुन सक्छ । अहिलेसम्म हामी साउन २९ गतेसम्म महानगरमा भएका संक्रमितको हाराहारी संख्या मात्र भन्न सक्ने अवस्थामा छौं ।

प्राप्त विवरणअनुसार सबैभन्दा धेरै संक्रमितको संख्या वडा ४ मा देखिन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गरिएको परीक्षणबाट आएका पोजेटिभ केस यही वडामा जोडिएकोले यस वडामा संक्रमितको संख्या धेरै देखिएको हो ।

वडा २ मा अहिलेसम्म कुनै पनि पोजिटिभ केस देखिएको छैन । वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ भन्छन्, ‘वडामा प्रचारप्रसार गरेका छौं । खुख्खा खोकी लाग्ने, हनहनी ज्वरो आउनेले खबर गर्नोस् भनेका छौं । अहिलेसम्म कोही पनि मलाई यस्तो भयो भनेर वडामा आउनुभएको पनि छैन । अन्य जँचाएर संक्रमण भएको पनि थाहा छैन ।’

ओलीकाअनुसार महानगरमा वडा १ बाट ३७ जना, ३ बाट प्रहरी अस्पतालबाहेक ३४ जना संक्रमितको संख्या दर्ता भएको छ । ४ बाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित ६१ जना, ५ बाट १७ जना, ६ बाट १५ जना, ७ र ८ बाट क्रमशः १०/१० जना संक्रमित देखिएका छन् । वडा ९ मा ५ जना, १० मा ३८ जना, ११ मा १९ जना, १२ मा १२ जना, १३ मा ३३ जना, १४ मा ५६ जना, १५ मा १३ जना, १६ मा ४६ जना, १७ मा १४ जना संक्रमित देखिएका छन् ।

वडा १८, १९, २० र २१ मा मा १/२ जना देखिएका छन् भने वडा २२ मा ४ जना देखिएका छन् । वडा २३ मा १० जना, २४ मा २५ जना, २६ मा १७ जना, २७ मा ३४ जना, २८ मा २७ जना, २९ मा ३० जना, ३० मा १४ जना, ३१ मा २८ र ३२ मा ५३ जना संक्रमितको संख्या देखिएको छ ।

संक्रमितको पहिचान, उहाँहरुको प्रत्यक्ष र अप्रत्यक्ष सम्पर्कमा रहनुभएकाहरुको खोजी र निगरानी गर्ने कामलाई व्यवस्थित बनाउन महानगरले कन्ट्याक ट्रेसिङ् कार्यलाई तीब्र बनाएको छ ।

यसका लागि वडा क्लिनिकका स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरु खटिएका छन् ।

संक्रमित देखिएका ठाउँमा वडा कार्यालयहरुले प्रहरीसँग समन्वय गरेर आवतजावत बन्द गरेर निगरानी गरिरहेका छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  १२ : ३५ बजे

यस्तो छ रसुवा–आरुखर्क मतदान केन्द्र नौकुण्ड–१ को मत परिणाम

रसुवा क्षेत्रको नौकुण्ड–१ मतदान केन्द्र (७६१ मत गणना) अनुसार प्रतिनिधि

प्रारम्भिक मतपरिणाम : रास्वपा कति मतले अहिलेसम्म कुनकुन स्थानमा अगाडि ?

काठमाडौँ – देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लहर देखिएको छ

मुस्ताङ निर्वाचन मतगणना अपडेट : कांग्रेसका योगेश अगाडि

काठमाडौं- मुस्ताङमा प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी छ। हालसम्म ३,०२७

भक्तपुर–२ मा महेशभन्दा राजीव १५ सय मतले अगाडि

भक्तपुर– बिहीबार देशभर भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणमा राष्ट्रिय

भक्तपुर–१ निर्वाचन मतगणना अपडेट : रास्वपा अगाडि

काठमाडौं– भक्तपुर क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा निर्वाचनको मतगणना