तिलोत्तमा र बुटवलका वित्तीय संस्थामा नगद कारोबार बन्द गर्न निर्देशन « Khabarhub

तिलोत्तमा र बुटवलका वित्तीय संस्थामा नगद कारोबार बन्द गर्न निर्देशन


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरक्षेत्रका सबै बैंक, वित्तीय संस्था र सहकारी संस्थाहरूलाई भदौ १० गतेसम्म नगद कारोबार बन्द गरेर कोरोना भाइरस संक्रमण न्युनीकरणमा सहयोग गर्न आग्रह गरेको छ ।

नगरपालिका क्षेत्रभित्र समुदायमा समेत कोरोना भाइरस संक्रमण सुरु भएको कारण जनाउँदै नगरपालिकाले आज साउन ३२ गतेदेखि नै कारोबार बन्द गर्न आग्रह गरेको छ ।

कोरोना संक्रमणबाट बच्न र बचाउन उक्त निर्णय गरेको नगरपालिकाद्वारा आइतबार जारी विज्ञप्तिमा जनाइएको छ । प्रदेश ५ को अस्थायी राजधानी समेत रहेको बुटवल उपमहानगरपालिका भदौ ५ गतेसम्म लकडाउन छ ।

प्रदेश ५ को अस्थायी राजधानी रहेको बुटवल उपमहानगरपालिकाले पनि बैंक तथा वित्तीय संस्थाहरूमा बढी संक्रमण देखिएकाले आइतबारदेखि लागु हुने गरी बैंक तथा वित्तीय संस्थाहरुलाई अनलाइन बाहेकका सबै सेवाहरु बन्द गर्न अनुरोध गरेको छ ।

यसैगरी, बुटवल उपमहानगरपालिकामा ३ जना अधिकृतसहित ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि उपमहानगरपालिकाले स्वास्थ्य, सरसफाइ र दमकल सेवाबाहेक सबै सेवाहरु बन्द गरेको छ ।

उपमहानगरपालिकामा प्रवेश निषेध गरिएको छ । अर्को सूचना जारी नभएसम्म स्वास्थ्य, दमकल र सरसफाइ बाहेकका काम बन्द गरिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले बताए ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  २ : २५ बजे

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन

रविमाथिको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध राष्ट्रिय युवा संघको प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर संगठित अपराध