तिलोत्तमा र बुटवलका वित्तीय संस्थामा नगद कारोबार बन्द गर्न निर्देशन « Khabarhub

तिलोत्तमा र बुटवलका वित्तीय संस्थामा नगद कारोबार बन्द गर्न निर्देशन


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरक्षेत्रका सबै बैंक, वित्तीय संस्था र सहकारी संस्थाहरूलाई भदौ १० गतेसम्म नगद कारोबार बन्द गरेर कोरोना भाइरस संक्रमण न्युनीकरणमा सहयोग गर्न आग्रह गरेको छ ।

नगरपालिका क्षेत्रभित्र समुदायमा समेत कोरोना भाइरस संक्रमण सुरु भएको कारण जनाउँदै नगरपालिकाले आज साउन ३२ गतेदेखि नै कारोबार बन्द गर्न आग्रह गरेको छ ।

कोरोना संक्रमणबाट बच्न र बचाउन उक्त निर्णय गरेको नगरपालिकाद्वारा आइतबार जारी विज्ञप्तिमा जनाइएको छ । प्रदेश ५ को अस्थायी राजधानी समेत रहेको बुटवल उपमहानगरपालिका भदौ ५ गतेसम्म लकडाउन छ ।

प्रदेश ५ को अस्थायी राजधानी रहेको बुटवल उपमहानगरपालिकाले पनि बैंक तथा वित्तीय संस्थाहरूमा बढी संक्रमण देखिएकाले आइतबारदेखि लागु हुने गरी बैंक तथा वित्तीय संस्थाहरुलाई अनलाइन बाहेकका सबै सेवाहरु बन्द गर्न अनुरोध गरेको छ ।

यसैगरी, बुटवल उपमहानगरपालिकामा ३ जना अधिकृतसहित ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि उपमहानगरपालिकाले स्वास्थ्य, सरसफाइ र दमकल सेवाबाहेक सबै सेवाहरु बन्द गरेको छ ।

उपमहानगरपालिकामा प्रवेश निषेध गरिएको छ । अर्को सूचना जारी नभएसम्म स्वास्थ्य, दमकल र सरसफाइ बाहेकका काम बन्द गरिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले बताए ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  २ : २५ बजे

‘खुला पाठशाला’ : पिपलको फेदमा बोरा ओछ्याएर चन्द्र सरको निःशुल्क ट्युसन कक्षा

धरान- इटहरीस्थित टेङ्ग्रा खोलाको किनार छेवैको एउटा गल्ली । पिपलको

सञ्चारमन्त्रीको निर्देशनपछि सार्वजनिक बिदाको दिन पनि हुलाकबाट सेवा लिन सकिने

काठमाडौँ – सार्वजनिक बिदाको दिन पनि हुलाक कार्यालयमार्फत विदेशमा सामान

डलरको मूल्य घट्यो : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ– आज २०८२ साल चैत २० गते शुक्रबार वैशाख कृष्ण

आज २०८२ साल चैत २० गते  शुक्रबारको राशिफल 

काठमाडौँ– आज २०८२ साल चैत २० गते शुक्रबार वैशाख कृष्ण