विराटनगर – समुदायस्तरमा कोरोना संक्रमण फैलिएसँगै विराटनगर महानगरपालिकामा थप ४३ जना संक्रमित पुष्टि भएका छन् ।
महानगरपालिकाद्वारा शनिबार गरिएको परीक्षणमा सो संख्यामा संक्रमण देखिएको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । संक्रमित हुनेमा १९ महिला रहेका छन् ।
संक्रमितमा विराटनगर–६ का सात जना, ३, ९, ११ र १५ का छ/छ जना , विराटनगर २ र ५ का चार/चार जना, विराटनगर ४ का तीन जना र विराटनगर ८ का एक जना रहेका छन् ।
यसअघि प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले शनिबार दिउँसो जारी गरेको विवरणमा यहाँ ४० जना सङक्रमित थप भएका थिए । संक्रमितको सङ्ख्या ५२३ पुगेको छ भने निको भई घर फर्कनेको सङ्ख्या ८६ जना रहेका छन् ।
प्रतिक्रिया