धनुषामा थप एक कोरोना संक्रमितको मृत्यु « Khabarhub

धनुषामा थप एक कोरोना संक्रमितको मृत्यु


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

धनुषाको जनकपुरधाममा रहेको एक निजी अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक डाक्टर विजयकुमार झाले जानकारी दिए ।

डा. झाका अनुसार मृतक पुरुष जनकपुरधाम उपमहानगरपालिका–४ का ४३ वर्षका पुरुष हुन् । उनमा सुगरको समस्या थियो ।

उनलाई सुगरको लेवल बढेको र श्वसप्रश्वासमा समस्या देखिएपछि साउन ३० गते जनकपुर उपमहानगरपालिकामा रहेको काव्या अस्पतालमा लगिएको थियो ।

उनको सोही अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको र उपचारकै क्रममा शनिबार बिहान ८ बजे मृत्यु भएको झाले बताए ।

उनको मृत्युपछि स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको डा झाले बताए ।

‘उहाँमा पहिलादेखि नै सुगरको समस्या रहेछ, सुगर लेवल उच्च भएको र श्वासप्रश्वासमा समेत समस्या भएपछि काव्या अस्पतालमा गरिएको थियो,’ डा झाले भने, ‘ उहाँको भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा ३१ गते बिहान ८ बजे मृत्यु भयो । मृत्युपछि कोरोना परीक्षण गरिएकोमा अहिले रिपोर्ट पोजेटिभ आयो ।’

अस्पतालले उनको कोरोनाले मृत्यु भएको पुष्टि गरेपनि स्वास्थ्य मन्त्रालयले भने पुष्टि गर्न बाँकी छ ।

मन्त्रालयले पछिल्लो तथ्यांक अनुसार नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०४ पुगेको छ ।

कोरोनाले ज्यान गुमाउनेहरुको प्रदेशगत विवरण

प्रदेश नं. १ – ९ पुरुष,१ महिला

प्रदेश नं. २ – ३४ पुरुष, ११ महिला

बाग्मती प्रदेश- १३ पुरुष, ५ महिला

गण्डकी प्रदेश- ६ पुरुष

प्रदेश नं. ५ – १० पुरुष, ३ महिला

कर्णाली प्रदेश – ४ पुरुष

सुदूरपश्चिम प्रदेश- ५ पुरुष र ३ महिला

हालसम्म जम्मा ८१ पुरुष र २३ महिला गरी १०४ जनाको कोरोनाले मृत्यु भएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ६ : १४ बजे

फिल्म ‘कुमारी’ प्रचारका लागि देशव्यापी सांगीतिक टुर गरिने

काठमाडौं – दिनेश राउत निर्देशित फिल्म प्रचारका लागि सांगीतिक टूर

गोरखा-१ बाट चुनाव लड्ने सुदन गुरुङको घोषणा

काठमाडौं- जेन-जी आन्दोलनमा पानी बाँडेर चर्चामा आएका सुधन गुरुङले आगामी

आयोग निर्वाचनको तीव्र तयारीमा छ : कार्यवाहक आयुक्त भण्डारी

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधि सभा सदस्य

काठमाडौंका ९ सभापतिद्वारा विशेष महाधिवेशन अवैधानिक भन्दै संयुक्त विज्ञप्ति जारी 

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनको विरोधमा काठमाडौंका ९ जना

कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक

काठमाडौं– नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूले आह्वान गरेको विशेष महाधिवेशनको